ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक रोजगारमा रहेका युवाबाट ‘भावनात्मक ब्ल्याकमेल’– एमालेका नेता प्रदीप ज्ञवाली (भिडियोसहित)


एबीसी न्यूज
१७ माघ २०८२, शनिबार   ३ : १९   बजे


काठमाडौं। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले आगामी निर्वाचनमा सामाजिक सञ्जालमा निर्माण गरिँदै आएको न्यारेटिभ र गाउँ–धरातलको यथार्थबीच ठूलो अन्तर रहेको बताएका छन्। एबीसी टेलिभिजनका प्रधान सम्पादक शंकर कँडेलसँगको अन्तर्वार्तामा नेता ज्ञवालीले निर्वाचनमार्फत लोकतन्त्रको पुनःस्थापना गर्नुपर्ने जनमत बलियो हुँदै गएको दाबी गरे।

उनका अनुसार काठमाडौँ केन्द्रित सामाजिक सञ्जाल र सहरी बहसमा देखिएको असन्तोषको छाया गाउँ–घरमा प्रत्यक्ष रूपमा नपुगेको स्पष्ट देखिन्छ।
“जनताका आफ्नै कथा छन्, व्यथा छन्, अपेक्षा छन्। माथिबाट बनाइएको न्यारेटिभले जनतालाई छोएको छैन,” उनले भने।

‘भदौ २४’ को घटनालाई जस्टिफाइ गर्न खोज्नु गलत

ज्ञवालीले भदौ २४ को हिंसात्मक घटनालाई परिवर्तन, विद्रोह वा क्रान्तिका रूपमा चित्रण गर्न खोज्नु लोकतन्त्र, संविधान र राष्ट्रियताको लागि खतरनाक भएको टिप्पणी गरे।
उनका अनुसार कुनै आन्दोलन क्रान्ति हो कि होइन भन्ने मूल्याङ्कन त्यसले ल्याएको परिणामबाट हुनुपर्छ।

“४६ सालको आन्दोलनले पञ्चायत ढाल्यो, ६२/६३ ले गणतन्त्र ल्यायो। तर भदौ २४ ले के ल्यायो? चुनावको मिति अगाडि सारियो र सरकार परिवर्तन भयो—त्यो बाहेक देशले के पायो?” उनले प्रश्न गरे।

उनले बैंकमा अर्बौं रुपैयाँ थुप्रिएको, लगानी बढ्न नसकेको, वैदेशिक रोजगारी झन् असहज बन्दै गएको अवस्थालाई उदाहरण दिँदै यस घटनाले देशलाई थप निराशातर्फ धकेलेको दाबी गरे।

शान्तिपूर्ण आन्दोलन र हिंसाबीच स्पष्ट रेखा

ज्ञवालीले युवाहरूका मागप्रति असहमति नभएको स्पष्ट पार्दै शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउने तत्वहरूको आलोचना गरे।
“माइतीघरबाट निस्कँदा ‘शान्तिपूर्ण आन्दोलन’ का प्रतिबद्धता थिए। तर संसद भवनतर्फ धकेल्ने, आगजनी गर्ने, संरचना तोडफोड गर्ने काम कसले गर्‍यो?” उनले प्रश्न उठाए।

उनका अनुसार प्रशासनले अत्यधिक सहनशीलता देखाउँदा त्यसको दुरुपयोग भयो र त्यसपछि राज्यलाई कारबाहीमा जानुपर्ने बाध्यता आयो।

४२ जनाको मृत्यु ‘राष्ट्रिय शोक’

घटनामा सुरक्षाकर्मीको कारबाहीबाट करिब ४२ जनाको ज्यान जानु अत्यन्त दुखद भएको बताउँदै उनले सरकार त्यस घटनाबाट आज पनि ‘शक’ मै रहेको बताए।
सरकारले तत्काल आयोग गठन, घाइतेको उपचार, र गृहमन्त्रीको राजीनामासमेत गरिसकेको स्मरण गराउँदै उनले त्यसपछि पनि देशव्यापी आगजनी र विध्वंस हुनु कुनै हालतमा स्वीकार्य नभएको जिकिर गरे।

नयाँ–पुराना दलको बहस र गाउँको मनोविज्ञान

अन्तर्वार्तामा ज्ञवालीले ‘नयाँ बनाम पुराना दल’ भन्ने बहसलाई सामाजिक सञ्जालमा बढी सीमित रहेको बताए।
गाउँ–घरमा प्रत्यक्ष संवाद हुँदा स्थापित दलहरूको आवश्यकता र अनुभवबारे मतदाता कन्भिन्स हुँदै गएको उनको दाबी छ।

“दलहरू गाउँसम्म पुग्न सकेपछि यो ‘नयाँ–पुरानो’ भन्ने भाष्य क्रमशः खण्डित हुँदैछ,” उनले भने।

वैदेशिक रोजगारमा रहेका युवाबाट ‘भावनात्मक ब्ल्याकमेल’

लुम्बिनी क्षेत्र, विशेषगरी गुल्मी–पाल्पातिर देखिएको एउटा खतरनाक प्रवृत्तिबारे पनि ज्ञवालीले गम्भीर चिन्ता व्यक्त गरे।
उनका अनुसार विदेशमा रहेका केही युवाले बुवाआमामाथि ‘फलानो पार्टीलाई भोट नदिए पैसा नपठाउने’ जस्ता दबाब सिर्जना गरिरहेका छन्।

“यो राजनीतिक बहस होइन, सामाजिक विघटन हो,” उनले भने, “लोकतन्त्रका लागि लडेका दलहरूको उपलब्धिलाई प्रयोग गरेर आफ्नै परिवारमा तनाव सिर्जना गर्नु गम्भीर गल्ती हो।”

एमाले–कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा

ज्ञवालीले आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धा नेकपा एमाले र नेपाली कांग्रेसबीच नै हुने दाबी गरे।
कतिपय क्षेत्रमा माओवादी वा मधेसकेन्द्रित दलसँग प्रतिस्पर्धा भए पनि राष्ट्रिय रूपमा पुराना दलहरूबीच नै चुनावी लडाइँ केन्द्रित रहने उनको विश्लेषण छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group