ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?


एबीसी न्यूज
२५ माघ २०८२, आइतबार   १ : ००   बजे

टोकियो – जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले इतिहास रचेकी थिइन् । गत वर्ष अक्टोबरमा उनी जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । अब कार्यभार सम्हालेको मात्र १०० दिनभन्दा केही बढी समयमा उनले सबैभन्दा ठूलो जोखिम मोलेकी छिन् – अचानक संसद् विघटन गरी आकस्मिक निर्वाचन घोषणा गरेकी छिन् । यो निर्वाचन आज आइतबार हुँदैछ ।

कठोर दक्षिणपन्थी विचारकी धारणा राख्ने ताकाइचीले आफ्नो लोकप्रियतालाई सदुपयोग गर्दै लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) लाई बलियो बहुमत दिलाउने लक्ष्य राखेकी छिन् । सर्वेक्षणहरूले उनको गठबन्धनले संसदको तल्लो सदनमा ४६५ मध्ये ३०० भन्दा बढी सिट जित्ने अनुमान गरेको छ । यदि यो सफल भयो भने, यो जापानको सत्तारूढ पार्टी एलडीपीका लागि ठूलो पुनरुत्थान हुनेछ – जसले पछिल्लो समय अस्तित्वकै संकट झेलिरहेको थियो ।

“उनको तारा चम्किलो बन्नेछ,” काउन्सिल अन फरेन रिलेसन्सकी वरिष्ठ फेलो शीला ए. स्मिथले भनिन्, “उनले पार्टीलाइ संकटबाट बचाएकी हुनेछिन् ।”

ताकाइचीको लोकप्रियता विशेष गरी युवाहरूमाझ निकै उच्च छ – ६० प्रतिशतभन्दा माथि । उनको नाममा मेम, मुरल, फ्यान, कुकीज जस्ता सामग्रीहरू बजारमा छ्यापछ्याप्ति छन् । ट्रम्पसँग राम्रो सम्बन्ध बनाएकी उनले विदेश नीतिमा पनि सकारात्मक छाप छोडेकी छिन् । आगामी महिना उनी वासिङ्टनमा ट्रम्पसँग भेट्ने तयारीमा छिन् ।

तर चुनौतीहरू पनि कम छैनन् । चीनसँगको तनाव बढाएको आरोप लागेको छ । नोभेम्बरमा उनले ताइवानमाथि चीनले आक्रमण गरे जापानले सैन्य हस्तक्षेप गर्न सक्ने बताएकी थिइन्, जसले चीनबाट पर्यटक घटेको छ – जापानको पर्यटनमा चिनियाँहरूको हिस्सा २० प्रतिशतभन्दा बढी छ । यो कुराले चीनसँगको आर्थिक सम्बन्धमा असर पारेको छ, जसमा दुर्लभ माटो (rare earth) जस्ता सामग्रीहरू समावेश छन् ।

विपक्षीहरूले उनको विस्तारवादी आर्थिक नीतिलाई गैरजिम्मेवार भनेका छन् । निर्वाचन छोटो समयमा घोषणा भएकाले उम्मेदवारहरूलाई तयारीको समय कम भयो । पोस्टर छाप्ने समय नपुगेपछि हातले बनाएका साइन बोर्ड प्रयोग गर्नुपर्‍यो । लाउडस्पीकरयुक्त ट्रकको अभाव छ ।

यो निर्वाचन जापानको आधुनिक इतिहासमा सबैभन्दा छोटो अभियान अवधिको मध्ये एक हो । जापानका धेरै भागमा, विशेष गरी टोकियोमा हिमपातका कारण मतदातालाई मतदान केन्द्रसम्म पुग्न गाह्रो भएको छ ।

उत्तर जापानको यामागताबाट उम्मेदवार कोसुके किता भन्छन्, “हिउँ परिरहेको छ, मानिसहरू रोकिएर सुन्दैनन् वा हात मिलाउँदैनन् । म हृदयबाट आफ्नो सन्देश पुर्‍याउने प्रयास गरिरहेको छु ।” उनी दिनमा चारपटक खाना खाएर ऊर्जा कायम राख्ने प्रयास गरिरहेका छन् ।

ताकाइचीले चुनावमा जिते भने जापानको सेना बलियो बनाउने, आप्रवासन कडा गर्ने, संविधान संशोधन गरी pacifist धारा परिवर्तन गर्ने जस्ता दक्षिणपन्थी एजेन्डा अघि बढाउन सक्छिन् । उनले भर्खरै भिडियोमा भनेकी थिइन्, “हामीले जापानको रीढ पुनर्स्थापना गर्नुपर्छ ।”

यदि एलडीपीले बहुमत ल्याउन सकेन भने ताकाइचीले राजीनामा दिने घोषणा गरेकी छिन् । यो उनको लागि ‘करो वा मरो’ को चुनाव बनेको छ ।

(यो समाचार विभिन्न अन्तर्राष्ट्रिय स्रोतहरू जस्तै न्यूयोर्क टाइम्स, बीबीसी, अल जजीरामा आधारित छ ।)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

धनकुटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु

सम्बन्धित

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu