ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?


एबीसी न्यूज
२५ माघ २०८२, आइतबार   ४ : ३०   बजे

पार्टीले कम्तीमा १५ देखि १७ लाख समानुपातिक मत र प्रत्यक्षमा अप्रत्याशित जितको अपेक्षा गरेको छ

काठमाडौं ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा -माओवादी लगातयका विभिन्न वाम समूहहरुबीचको एकीकरण पछि बनेको) र पुराना विचारधारा र सैद्धान्तिक संर्कीणता समेत त्यागेर चुनाव होमिएको नेकपाले यसपटककको संसदीय राजनीतिमा नयाँ नाम र नयाँ चुनाव चिन्ह लिएर आएको छ । तर यसको जरा पुरानै माओवादी आन्दोलन र राजनीतिक विरासतसँग जोडिएको छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग मिल्दै हालै बनेको यो पार्टीले मूलतः माओवादीको राजनीतिक इतिहासलाई नै बोकेको छ ।

पार्टीको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै गरिरहेका छन्, जसले तीन दशकभन्दा बढी समय माओवादी आन्दोलनको नेतृत्व गरेका थिए । रोचक कुरा के छ भने, हाल क्रियाशील प्रमुख पार्टीहरूमध्ये नेकपामा सबैभन्दा बढी पूर्वप्रधानमन्त्री छन्— प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल । खनालबाहेक प्रचण्ड र नेपाल दुवै प्रत्यक्ष निर्वाचनमा उम्मेदवार छन् ।

‘पाँच कुने तारा’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएको नेकपाको निर्वाचन इतिहास हेर्दा पुरानो ‘हँसिया हथौडा’ को मत इतिहाससँग तुलना गर्नुपर्छ ।

पहिलो संविधानसभा : ऐतिहासिक लहर

२०६२/६३ को जनआन्दोलनपछि १२ बुँदे समझदारी र शान्ति सम्झौताले माओवादीलाई मुख्यधाराको राजनीतिमा ल्यायो । २०६४ चैत २८ मा भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ २४० मध्ये १२० सीट जित्यो । समानुपातिकतर्फ ३१ लाख ४४ हजार २०४ मत (२९.२८ प्रतिशत) प्राप्त गर्‍यो ।

प्रचण्ड प्रधानमन्त्री बने, तर ‘राज्य पुनर्संरचना र सत्ता कब्जा’ को रणनीति प्रभावकारी नभएपछि नौ महिनामै सरकार ढल्यो । पहिलो संविधानसभा असफल भयो, माओवादीको लय पनि गुम्यो ।

२०७० : तेस्रो स्थानमा झरेको ‘रिसाइज’

२०७० मा दोस्रो संविधानसभा निर्वाचनमा माओवादी पहिलोबाट तेस्रो स्थानमा झर्‍यो । प्रत्यक्षतर्फ २६ सीट मात्र जित्यो । समानुपातिक मत १४ लाख ३९ हजार ७२६ मा सीमित भयो— पहिलेको भन्दा १७ लाख बढीले घटेको थियो । कांग्रेस र एमालेले सरकार र संविधान निर्माणको नेतृत्व गरे ।

माओवादी/नेकपाको चुनावी मत तथा प्रतिशतको तालिका

निर्वाचन वर्षनिर्वाचन प्रकारप्रत्यक्ष सीट जितप्रत्यक्ष मत (लगभग)समानुपातिक मतसमानुपातिक प्रतिशतसमानुपातिक सीटकुल सीट (प्रत्यक्ष + समानुपातिक)स्थान/टिप्पणी
२०६४ (२००८)पहिलो संविधान सभा१२०३१,४५,५१९३१,४४,२०४२९.२८%१००२२० (कुल २२९)पहिलो दल, ऐतिहासिक लहर
२०७० (२०१३)दोस्रो संविधान सभा२६–१४,३९,७२६१५.२१%५४८०तेस्रो स्थानमा झरेको
२०७४ (२०१७)प्रतिनिधि सभा (वाम गठबन्धन)३६–१३,०३,७२१लगभग १५%१७५३तेस्रो, गठबन्धन लाभ
२०७९ (२०२२)प्रतिनिधि सभा (गठबन्धन)१८–११,७५,६८४ (वा ११,६२,९३१)लगभग १०-११%१४३२तेस्रो,
मत थप घट्यो

  • २०६४: माओवादीले प्रत्यक्ष र समानुपातिक दुवैमा सबैभन्दा बढी मत ल्याएर ऐतिहासिक जित हासिल गरे। कुल मतदाताको करिब ३०% समर्थन थियो।
  • २०७०: मतमा ठूलो गिरावट आयो (समानुपातिकमा १७ लाखभन्दा बढीले घट्यो)। पहिलोबाट तेस्रो स्थानमा झरे।
  • २०७४: वाम गठबन्धन (एमालेसँग) भए पनि समानुपातिक मत अझ घट्यो। सीटमा केही सुधार तर लोकप्रिय मतमा ह्रास।
  • २०७९: कांग्रेससँग गठबन्धन गर्दा पनि प्रत्यक्ष १८ र समानुपातिकबाट १४ सीट। मत राष्ट्रिय स्वतन्त्र पार्टीको हाराहारीमा सीमित भयो।
  • हालको नेकपा (माओवादी केन्द्र + एकीकृत समाजवादी + अन्य घटक एकता) ले २०७९ को मत आधारमा थप वृद्धि अपेक्षा गरेको छ, तर विगतका तीन निर्वाचनमा लगातार तेस्रो स्थान कायम छ।

२०७४ : गठबन्धन गर्दा पनि तेस्रो

संविधान बनेपछि २०७४ को निर्वाचनमा एमालेसँग वाम गठबन्धन गरे पनि माओवादी तेस्रो नै रह्यो । प्रत्यक्षतर्फ १६५ मध्ये ३८ सीट जित्यो । समानुपातिकमा १३ लाख ३ हजार ७२१ मत मात्र आयो । गठबन्धनले सीट बढाए पनि लोकप्रिय मतमा सुधार भएन ।

२०७९ : गठबन्धन परिवर्तन गर्दै अस्तित्व जोगाउने प्रयास

एमालेसँगको एकता विघटनपछि माओवादीले कांग्रेस र एकीकृत समाजवादीसँग गठबन्धन गर्‍यो । तर प्रत्यक्षतर्फ १८ सीट मात्र जित्यो, समानुपातिकमा ११ लाख ७५ हजार ६८४ मत आयो— जुन नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीको भन्दा केही बढी मात्र थियो ।

तेस्रो भए पनि प्रचण्डले सरकारको नेतृत्व गरे, तर गठबन्धन फेरबदल र जेनजी आन्दोलनपछि संसद् विघटन भयो ।

अहिलेको अवस्था : नयाँ एकता र अपेक्षा

हाल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य २३/२५ घटकसँग एकीकृत भएको छ । नेकपा नेताहरूका अनुसार, पुरानो माओवादी मत थिग्रिएर बसेकाले अब घट्ने होइन, बढ्ने सम्भावना छ । अग्नि सापकोटाले समानुपातिकमा अघिल्लो निर्वाचनभन्दा बढी मत आउने दाबी गरेका छन् । पार्टीले कम्तीमा १५ देखि १७ लाख समानुपातिक मत र प्रत्यक्षमा अप्रत्याशित जितको अपेक्षा गरेको छ ।

प्रचण्डले गठबन्धनका प्रस्ताव अस्वीकार गरेका छन् । अघिल्ला निर्वाचनमा गठबन्धन गर्दा पनि मत सुधार नभएको र हालै राष्ट्रियसभा निर्वाचनमा कांग्रेस–एमालेले एक्ल्याएको अनुभवले उनी सतर्क छन् ।

प्रचण्ड पूर्वी रुकुमबाट उम्मेदवार बनेका छन्, तर पार्टीका लागि व्यापक ‘सुरक्षित माहोल’ बनेको छैन । चुनाव तीन साता बाँकी हुँदा नेकपा सीमित क्षेत्रबाहिर चर्चामा छैन । सहरी क्षेत्रमा कांग्रेस, एमाले र रास्वपाको चर्चा बढी छ ।

कांग्रेसले गगन थापा, एमालेले केपी ओली र रास्वपाले बालेन साहलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दा नेकपाले कसैलाई तोकेको छैन । प्रचण्डले ‘चुनावपछि चर्चामा रहेका कोही प्रधानमन्त्री नबन्ने’ बताएका छन्, जसको अर्थ ‘म्याजिक नम्बर’ आफैंसँग राख्ने प्रयास हो ।

तर वर्तमान चुनावी माहोलमा नेकपा न खतरामा छ, न त पूर्ण रूपमा सुरक्षित नै । यसपटकको नतिजाले यस पार्टीको भविष्य निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group