ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’


एबीसी न्यूज
२५ माघ २०८२, आइतबार   ८ : १६   बजे

काठमाडौं : फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनले देशभर राजनीतिक तापक्रम चर्काएको छ । शहरदेखि गाउँसम्म उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो र चुनावी सभामा व्यस्त छन् । तर १६५ वटै निर्वाचन क्षेत्रमध्ये यस पटकको चुनावी बहसको केन्द्र बनेको छ—झापा क्षेत्र नम्बर–५ ।

जेन–जी आन्दोलनपछिको पहिलो आम निर्वाचनका रूपमा हेरिएको यस चुनावमा झापा–५ ‘इपिसेन्टर’ बन्नुको मुख्य कारण हो—नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) बीचको प्रत्यक्ष प्रतिस्पर्धा ।

दुवै दलले आफ्ना उम्मेदवारलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेपछि झापा–५ केवल एक निर्वाचन क्षेत्रमा सीमित नबसी राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा पुगेको छ । फरक पुस्ता, फरक राजनीतिक शैली र फरक पृष्ठभूमिका यी दुई पात्रबीचको भिडन्तले चुनावी माहोललाई असाधारण बनाइदिएको छ ।

एमालेको परम्परागत ‘सुरक्षित किल्ला’ मानिने यो क्षेत्रमा ओलीको लामो राजनीतिक इतिहास जोडिएको छ । २०४८ सालदेखि प्रायः सबै निर्वाचनमा यही क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएका ओली ६ पटक संसद पुगिसकेका छन् । २०६४ मा पराजय भोगे पनि त्यसयता उनले झापा–५ लाई आफ्नो बलियो आधारका रूपमा जोगाइरहेका छन् ।

२०७९ को निर्वाचनमा ओलीले ५२ हजार ३१९ मतसहित विजय हासिल गरेका थिए । यस पटक भने झापा–५ मा एक लाख ६३ हजार ३७९ मतदाता छन् । करिब १० हजार नयाँ मतदाता थपिएकाले चुनावी गणित झनै रोचक बनेको छ ।

झापा–५ मा दमक र गौरादह नगरपालिका तथा कमल र गौरीगञ्ज गाउँपालिका समेटिएका छन् । दमकका १० वटै वडा, कमलका सातवटै वडा, गौरीगञ्जका चार वडा र गौरादहका ८ वडा यस निर्वाचन क्षेत्रमा पर्छन् । भौगोलिक र जनसांख्यिक विविधताले पनि यो क्षेत्रलाई रणनीतिक रूपमा महत्वपूर्ण बनाएको छ ।

राजनीतिक वृत्तदेखि सामाजिक सञ्जाल, चिया पसलदेखि बौद्धिक बहससम्म अहिले ‘ओली कि बालेन ?’ भन्ने प्रश्नले माहोल तताएको छ । अनुभव र संगठनात्मक शक्तिका प्रतीक ओली र परिवर्तन, विद्रोह र शहरी युवाको आशाका रूपमा हेरिएका बालेनबीचको प्रतिस्पर्धाले जनमतलाई उत्साहित मात्र होइन, विभाजित पनि बनाएको छ ।

ओलीले उम्मेदवारी दर्तापछि चार दिन झापामै बसेर पार्टी संगठन परिचालन, कार्यकर्ता भेटघाट, चुनावी सभा र घरदैलो कार्यक्रममार्फत आफ्नो पक्ष बलियो बनाएका छन् । एमालेका अनुसार परम्परागत मताधार जोगाउँदै नयाँ मतदाता आकर्षित गर्ने रणनीति अपनाइएको छ ।

उता, बालेन शाह भने ठूला सभा र भाषणभन्दा प्रत्यक्ष संवाद, सुझाव संकलन र सामाजिक सञ्जालमार्फत युवालाई जोड्ने रणनीतिमा देखिन्छन् । दमक–५ मा खोलिएको सम्पर्क कार्यालयमार्फत छोटो भेटघाट गरेर फर्किएका बालेनले अहिलेसम्म औपचारिक घोषणापत्र सार्वजनिक गरेका छैनन् । तर उनको उपस्थितिले मात्रै पनि चुनावी माहोललाई हलचलपूर्ण बनाएको छ ।

ओली र बालेनको यो हाई–प्रोफाइल भिडन्तका कारण झापा–५ का अन्य उम्मेदवार भने ओझेलमा परेका देखिन्छन् । यहाँ २२ जना अन्य उम्मेदवार पनि मैदानमा छन् । उनीहरू आ–आफ्ना एजेण्डा, विचार र प्रतिबद्धतासहित मतदातामाझ पुगिरहेका भए पनि बहसको केन्द्र भने ओली–बालेनमै सीमित छ ।

नेपाली कांग्रेसबाट मन्धरा चिमोरिया पौड्याल चुनावी मैदानमा छिन् । कांग्रेसले महिला नेतृत्व, सामाजिक न्याय, रोजगारी, शिक्षा र स्वास्थ्यलाई मुख्य मुद्दा बनाएको जनाएको छ । पार्टी नेतृत्व परिवर्तनपछि संगठन सक्रिय भएको कांग्रेस झापाको दाबी छ ।

यसैगरी नेकपाबाट केन्द्रीय सदस्य रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद संग्रौला, श्रम संस्कृति पार्टीबाट समिर तामाङलगायत विभिन्न दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार चुनावी दौडमा छन् ।

सबै उम्मेदवारहरूले आ–आफ्नो अभियान तीव्र बनाइरहेका बेला झापा–५ को निर्वाचनलाई केवल स्थानीय प्रतिस्पर्धा मात्र नभई देशको भावी राजनीतिक धार तय गर्ने निर्णायक लडाइँका रूपमा हेरिएको छ । ओली र बालेनको छायाँबाट बाहिर निस्केर अन्य उम्मेदवार कति प्रभाव जमाउन सक्छन् भन्ने प्रश्नले पनि यो निर्वाचनलाई थप चासोको विषय बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group