ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी


एबीसी न्यूज
२६ माघ २०८२, सोमबार   ७ : ४४   बजे

सिरहा : सिरहा कारागारमा सोमबार बिहानदेखि तनावग्रस्त स्थिति उत्पन्न भएको छ । कारागारका नाइके इन्द्रजित यादवसहित १३ जना कैदीबन्दीलाई अवैध गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरेपछि अन्य कैदीहरूले तोडफोड र आगजनी गरेका छन् । जेलभित्रै सिरक, लुगा र अन्य सामग्रीमा आगो लगाइएको छ भने कैदीहरू छतमाथि चढेर नाराबाजी गरिरहेका छन् ।

जिल्ला सुरक्षा समितिको अनुगमनका क्रममा कारागारभित्रबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र नगद १ लाख २० हजार रुपैयाँ बरामद भएको छ । यसबाहेक चुरोट, सुर्ती लगायत प्रतिबन्धित सामग्री पनि जफत गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार, विशेष सूचनाका आधारमा सोमबार बिहान अपरेसन सञ्चालन गरिएको थियो । अपरेसनका क्रममा नाइके यादवको कोठाबाट बन्दुक, गोली र नगद फेला परेको थियो ।

“कारागारभित्र मदिरा, लागुऔषधको कारोबार, मोबाइल फोनको प्रयोग तथा चन्दाका नाममा जबर्जस्ती असुली हुँदै आएको सूचना थियो,” प्रजिअ पौडेलले भने, “यादवलाई पक्राउ गरेपछि उनी पक्षका कैदीहरूले तोडफोड र आगजनी गरेका छन् ।” नियन्त्रणमा लिइएका १३ जनालाई हात बाँधेर आँखामा पट्टी बाँधेर कारागारबाट निकालिएको थियो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ ।

प्रशासनका अनुसार, पक्राउ परेका कैदीहरू कर्तव्य ज्यान, डाका, अपहरण, ज्यान मार्ने उद्योग तथा लागुऔषधसम्बन्धी गम्भीर आपराधिक मुद्दामा संलग्न छन् । भाग्ने योजना बनाएको आरोप पनि लगाइएको छ ।

घटनापछि कारागारको अवस्था तनावपूर्ण बनेको छ । केही कैदीहरू छतमाथि चढेर ‘नाइके इन्द्रजितलाई फिर्ता गर’, ‘इन्द्रजित दाइ चाहियो’, ‘हाम्रो माग पूरा गर’, ‘सिडिओ, जेलर, एसपी मुर्दावाद’ जस्ता नाराबाजी गरिरहेका छन् । कारागारभित्र र बाहिर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बाक्लो उपस्थिति छ । स्थिति नियन्त्रणमा ल्याउन उच्च सतर्कता अपनाइएको छ ।

सिरहा कारागारको क्षमता १५० जना कैदी राख्ने रहे पनि हाल ४३६ जना कैदीबन्दी छन् । यो ओभरक्राउडिङले व्यवस्थापन र सुरक्षामा गम्भीर प्रश्न उठाएको छ । कारागार सुधार तथा कैदीहरूको व्यवस्थापनमा थप कडाइ र सुधार आवश्यक देखिएको स्थानीय राजनीतिक तथा सामाजिक अगुवाहरूले बताएका छन् ।

यो घटनाले नेपालका कारागारहरूमा हुने अवैध गतिविधि र नाइके प्रथा जस्ता समस्यालाई फेरि एकपटक उजागर गरेको छ । स्थिति कसरी नियन्त्रण हुन्छ र थप कारबाही कसरी अघि बढ्छ, त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu