ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक


एबीसी न्यूज
२७ माघ २०८२, मंगलबार   ५ : ३०   बजे

काठमाडौँ, २७ माघ : नेपाली कम्युनिष्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आर्थिक सुधारको नयाँ चरणलाई विशेष प्राथमिकतामा राखिएको उक्त प्रतिबद्धता आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनका लागि तयार पारिएको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गर्दै पार्टीले अबको राजनीतिक यात्रामा आर्थिक रूपान्तरण, सामाजिक न्याय र सुशासनलाई केन्द्रमा राखेर अघि बढ्ने स्पष्ट गर्नुभयो ।

प्रतिबद्धता पत्रमा भाषिक विभेदको अन्त्य गर्दै “सयौँ फूलहरू फुल्न दिऔँ” भन्ने अवधारणालाई आत्मसात् गरिएको छ । साथै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, स्थानीय तह र समुदायबाटै समाजवादको अभ्यास, तथा नेपाली विशेषताको समाजवादलाई सामाजिक क्रान्तिको मूल बाटोका रूपमा अघि सारिएको छ ।

यसैगरी, लोकतान्त्रिक शासन प्रणालीको आधारका रूपमा जनताको घरदैलोसम्म गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । आर्थिक विकास र समृद्धिका आधारका रूपमा सुशासन, पारदर्शिता र मितव्ययितालाई विशेष महत्व दिइएको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय पूर्वाधार निर्माण, उद्यमशीलता प्रवर्द्धन, उद्यमी परिवारको विकास तथा गाउँ–सहरका प्रत्येक घरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसमेत प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

पार्टी नेतृत्वका अनुसार उक्त प्रतिबद्धता पत्र आगामी निर्वाचनमा जनतासामु प्रस्तुत गरिने राजनीतिक, आर्थिक र सामाजिक एजेन्डाको संक्षिप्त रूप हो, जसले देशलाई समाजवाद उन्मुख समृद्धिको दिशामा अघि बढाउने मार्गचित्र प्रस्तुत गर्दछ ।

आगामी निर्वाचनका लागि प्रतिवद्धतापत्र सार्वजनिक गर्ने पहिलो दल बनेको छ । अन्य दलहरुले अझैसम्म घोषणापत्र सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group