ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीर अस्पतालले गर्‍यो स्वास्थ्य बीमाबाट पाइने सेवा कटौती


एबीसी न्यूज
१ फाल्गुन २०८२, शुक्रबार   २ : ४९   बजे

काठमाडौं, १ फागुन । वीर अस्पतालले स्वास्थ्य बीमाबाट उपलब्ध हुने सेवा कटौती गरेको छ । अस्पतालले दीर्घरोगका बिरामीलाई बीमा मार्फत तीन महिनासम्म औषधि हुने गरेको थियो । उक्त सेवालाई कटौती गर्दै एकपटकमा उक्त औषधिहरू एक महिनासम्म लागि मात्रै दिइने निर्णय गरेको हो ।

१ फागुन देखि उक्त लागू हुने जनाएको छ । सूचनामा भनिएको छ, ‘१ फागुनदेखि अर्को व्यवस्था नभएसम्म एक महिनाका लागि मात्रै बिमित सदस्यलाई औषधि उपलब्ध गराइने छ ।’ अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार बीमा बोर्डले लामो समयदेखि भुक्तानी नदिएका कारण सेवा कैटाती गर्नुपरेको हो । बीमा मार्फत ४० करोडभन्दा बढी रकम लिन बाँकी रहेको उनले जानकारी दिए ।‘वीर गरिबको अस्पताल भएकाले सबै बन्द गर्दा बिरामी मारमा पर्छन् । अहिले आर्थिक दायित्व कम गर्नका लागि सेवा थोरै कटौती गरेका हौं’ डा. शर्माले भने ।

अस्पतालले सबैभन्दा ठूलो चुनौती औषधि खरिदमा भोगिरहेको डा. शर्माले बताए ।सरकारले पैसा नदिँदा औषधि किन्न सकिएको छैन, उपकरण बनाउन सकिएको छैन’ उनी भन्छन्, ‘सेवालाई धान्न नै मुस्किल भइरहेको छ ।’स्वास्थ्य बीमा कार्यक्रम अहिले चरम आर्थिक संकटमा परेको छ । लामो समयदेखि बिमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम समयसीमा तोकेर बन्द गर्न थालेका छन् ।बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई असार मसान्तसम्मको ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ ।यसबाट बिमित नागरिक त सेवाबाट वञ्चित हुने छन् नै, स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सिँचाइ अभाव, मल सङ्कट र उपकरण चोरीले महोत्तरीका किसान समस्यामा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu