ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के आपत आइलाग्यो ? फेरि ओली झापा हिंडे ?


एबीसी न्यूज
३ फाल्गुन २०८२, आइतबार   ९ : ४५   बजे

काठमाडौं । अघिल्ला निर्वाचनहरूमा केन्द्रीय कार्यक्रम र आमसभामै सीमित देखिने केपी शर्मा ओली यसपटक भने आफ्नै निर्वाचन क्षेत्रमा निरन्तर सक्रिय देखिएका छन्। नेकपा एमाले का अध्यक्षसमेत रहेका ओली झापा क्षेत्र नम्बर ५ मा मतदाताको घर–घर पुगेर प्रत्यक्ष भेटघाटमा जुटिरहेका छन्।

पछिल्लो समय बढ्दो राजनीतिक दबाब र आफ्नै क्षेत्रमा देखिएका प्रतिस्पर्धी चुनौतीका कारण ओली यसपटक निर्वाचन क्षेत्रमै केन्द्रित भएका विश्लेषण भइरहेको छ। गत माघ २३ गते झापा पुगेका उनले सात दिनमा करिब ८० वटा गाउँ–टोलको भ्रमण गरी काठमाडौं फर्किएका थिए। अब फेरि उनी आज बिहान १०:२० बजे भद्रपुर विमानस्थल अवतरण गर्दै पुनः चुनावी अभियानमा होमिन लागेका हुन्।

समुदाय केन्द्रित कार्यक्रम

आजको कार्यतालिकाअनुसार ओलीले शिक्षक भेला, धिमाल जातिको भेला तथा मुस्लिम समुदायसँगको अन्तरक्रियामा सहभागिता जनाउनेछन्। त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता तथा आम नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरिएको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए।

एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमान्डर तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार ओली फागुन ६ गतेसम्म झापामै रहनेछन्। यस अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ–टोलमा घरदैलो कार्यक्रमलाई तीव्र बनाइनेछ। “हरेक दिन कम्तीमा ६ देखि ७ स्थानमा पुग्ने गरी रुट मिलाइएको छ,” दाहालले बताए।

टोल–टोलमा संवाद

एमाले दमकका अध्यक्ष राम पौडेलका अनुसार सोमबार बिहान ११ बजे दमक–५ को यलम्बर चोकबाट कार्यक्रम सुरु हुनेछ। त्यसपछि ११:५० मा दमक–६ को शंखधर चोक, दिउँसो १ बजे दमक–७ को तबिन चोक, २ बजे दमक–१ को हल्दार चोक, ३ बजे दमक–३ को गजकाली मन्दिर र अपराह्न ४ बजे दमक–३ कै आमचोकमा भेटघाट कार्यक्रम राखिएको छ।

यी सबै स्थानमा स्थानीयसँग प्रत्यक्ष संवाद गर्ने वातावरण मिलाइएको अध्यक्ष पौडेलले बताए।

‘किल्ला’ जोगाउने रणनीति?

राजनीतिक विश्लेषकहरूका अनुसार अघिल्ला चुनावमा सहज जित निकाल्दै आएका ओली यसपटक भने आफ्नो ‘किल्ला’ सुरक्षित राख्न थप मेहनत गरिरहेका छन्। राष्ट्रिय राजनीतिमा व्यस्त रहने ओली यसपटक क्षेत्रमै लामो समय बिताउँदै घरदैलो र समुदाय केन्द्रित कार्यक्रममा सक्रिय हुनु अर्थपूर्ण मानिएको छ।

निर्वाचनको मिति नजिकिँदै जाँदा झापा–५ मा प्रतिस्पर्धा थप चर्किँदै गएको छ। यस्तो अवस्थामा ओलीको निरन्तर क्षेत्रकेन्द्रित उपस्थिति मतदाताको मनोविज्ञान कत्तिको प्रभावित पार्छ भन्ने चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शिक्षा क्षेत्रको विकासमा बागमती प्रदेश सक्रिय ः मुख्यमन्त्री बानियाँ

सर्वोच्चको अन्तरिम आदेशले रोकियो सम्पत्ति छानबिन आयोगको काम, सरकारको भ्रष्टाचार नियन्त्रण अभियानमै कानुनी प्रश्न

सम्बन्धित

रुसका लागि जापान ‘गुप्त प्रविधि केन्द्र’ ? युक्रेन युद्धमा जापानी प्रविधि पुगिरहेको दाबीपछि वैश्विक चासो

सर्वोच्चको अन्तरिम आदेशले रोकियो सम्पत्ति छानबिन आयोगको काम, सरकारको भ्रष्टाचार नियन्त्रण अभियानमै कानुनी प्रश्न

एआई र सुपर कम्प्युटरको भविष्यवाणी : विश्वकपको ताज कसले उचाल्ला ? अर्जेन्टिना अगाडि, तर इंग्ल्यान्ड–स्पेन–फ्रान्सको चुनौती कायमै

खरिपाटीको होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक

ऊर्जा संयन्त्रको बैठकमा भाग लिन भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मन्नु महावर भोलि नेपाल आउँदै

६ महिना यताकै न्युन बिन्दुमा शेयर बजारः नयाँ सरकार गठनपछि नेप्से ३५० अंकले गिरावट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu