काठमाडौ, २४ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आर्थिक विकासको यात्रामा अघि बढेको भारत हेर्न चाहेको बताउनु भएको छ ।नेपालको विकासको लागि भारत सधै साथमा रहने बताउदै नेपाललाई जलमार्ग र रेलमार्गले जोड्ने बताउनु भएको छ ।
जल र रेल कनेक्टीभिटीको लागि भारतले भरपुर सहयोग गर्ने प्रधानमन्त्री मोदीले बताउनु भएको छ । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री ओलीसंगको पत्रकार सम्मेलनमा मोदीले सगरमाथाको देश अब सागरसंग प्रत्यक्ष जोडिने बताउनु भएको छ ।
मोदीले नेपाललाई परिवहनका लागि जलमार्ग उपलब्ध गराउन भारत तयार रहेको संयुक्त पत्रकार सम्मेलनमा बताउनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्