ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवालाई तिरस्कार र अपमान गरिरहे फेरि पनि विद्रोह हुन सक्छः प्रधानमन्त्री कार्की


एबीसी न्यूज
७ फाल्गुन २०८२, बिहिबार   १२ : २८   बजे

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले दलहरुले अभ्यास गरेको कुशासनले विद्रोहको जन्म भएको बताएकी छन् । ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भोलि आउने शासकले पनि युवालाई अपमान र तिरस्कार गरिरहे फेरि पनि विद्रोह हुने चेतावनी पनि दिएकी छन् ।‘म स्पष्ट रूपमा भन्न चाहन्छु, ‘युवालाई तिरस्कार गरेर कुनै राष्ट्र शान्त रहन सक्दैन । युवामा ऊर्जा छ, नैतिक क्रोध छ र परिवर्तनको आकांक्षा छ,’ उनले भनिन्, ‘उसले नातावाद, कृपावाद र भ्रष्टाचार सहँदैन । त्यो असन्तोषलाई दबाएर होइन, सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्न सक्छ ।’

उनले लोकतन्त्र भनेको केवल प्रक्रिया मात्र नएको बताएकी छन् । ‘लोकतन्त्रले नतिजा दिनुपर्छ । विधिको शासन आवश्यक छ तर प्रक्रियाको नाममा नागरिकलाई अल्झाएर राख्नु, ढिलासुस्ती, हैरानी र प्रताडना दिनु पनि लोकतन्त्रको अभ्यास होइन । यो त बेथिति हो।’प्रधानमन्त्री कार्कीले प्रजातन्त्र दिवस मनाइरहँदा पटक–पटकका परिवर्तनका उपलब्धि खोसिनु र जेनजी युवाको आन्दोलनसम्म आइपुग्दाको अवस्थाबारे आत्मसमीक्षा गर्नुपर्ने बताएकी छन् ।

उनले हामीले लोकतन्त्रको नारा मात्र भट्याएको तर लोकतान्त्रिक व्यवहार र संस्कारलाई संस्थागत गर्नै नचाहेको टिप्पणी गरिन् । ‘सिद्धान्तमा लोकतन्त्र आयो तर व्यवहारमा विभेदलाई नै प्रश्रय दिइरह्यौं । संविधानमा समानता लेख्यौं तर संरचनामा असमानतालाई नै जोगाइरह्यौं । एउटै वर्ग सत्तामा स्थायी रूपमा हालीमुहाली गरिरहने, स्रोत–साधनमा एकाधिकार जमाइरहने र राज्य संरचनामा पजनी चलाइरहने सिलसिलाको अन्त्य हुनै सकेन ।’उनले भनिन्, ‘यस्ता अपसंस्कृतिले राज्यप्रति विश्वास हराउँछ र विद्रोह जन्माउँछ’, कार्कीले भनिन्, ‘यहाँ त्यही भयो बजेट वितरणमा भएको मनोमानीलाई सम्झिऊँ । समानुपातिक निर्वाचन प्रणालीबाट प्राथमिकता साथ लाभ पाएकाहरूको सूची केलाऊँ । छात्रवृत्ति र रोजगारीमा गरिएको काखापाखा हेरौँ । अनि यहाँ विद्रोह नभएर के हुन्छ ?’सीमान्तकृत, पहुँचहीन र वञ्चित समुदायमाथि अन्याय, विभेद र बहिष्करण कायम राखेर लोकतन्त्र जीवित रहन नसक्ने उनको जिकिर छ । प्रजातन्त्रको वास्तविक झल्को आम मानिसको मुहारमा झल्किने आनन्ददायी मुस्कान र उनीहरूका निस्फिक्री निद्रामा झल्कनुपर्ने कार्कीको भनाइ छ ।

लोकतन्त्रको मुख्य चुनौती भ्रष्टाचार, स्रोतमा सीमित वर्गको हालीमुहाली र दण्डहीनता भएको भन्दै यही कारण ठूलो युवा पंक्ति पलायन भएको उनको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सर्वोच्चको प्रक्रियाको सम्मान गर्छौं, संगठन सुदृढीकरणको अभियान रोकिन्न : कांग्रेस महामन्त्री घिमिरे

ज्योति विकास बैंकले ‘नेपालपे’ कार्ड सेवा सञ्चालन गर्ने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu