ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी–२० विश्वकप :इङ्ग्ल्यान्ड र श्रीलङ्का तथा भारत र दक्षिण अफ्रिका खेल्दै


एबीसी न्यूज
१० फाल्गुन २०८२, आइतबार   ९ : २३   बजे

काठमाडौं, १० फागुन । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा आज दुई वटा खेल हुँदैछन् ।पहिलो खेलमा दिउँसो सवा ३ बजे पल्लेकेलेमा घरेलु टोली श्रीलङ्का र इङ्ग्ल्यान्ड खेल्दैछन् । यी दुई टोलीबीच टी–२० मा अहिलेसम्म १७ पटक भेट भएकोमा इङ्ग्ल्यान्ड १३ र श्रीलङ्का ४ खेलमा विजयी भएको छ । यस्तै टी–२० विश्वकपमा यी दुई टोलबीच ६ पटक भेट भएकोमा इङ्ग्ल्यान्ड ५ र श्रीलङ्का १ खेलमा विजयी भएको छ ।

यस्तै दोस्रो खेलमा अहमदाबादमा घरेलु टोली भारत र दक्षिण अफ्रिका खेल्दैछन् । यी दुई टोलीबीच टी–२० मा अहिलेसम्म ३१ पटक भेट भएकोमा भारत १८ र दक्षिण अफ्रिका १२ खेलमा विजयी हुँदा १ खेल नतिजाविहीन भएको छ । यस्तै टी–२० विश्वकपमा यी दुई टोलबीच ७ पटक भेट भएकोमा भारत ५ र दक्षिण अफ्रिका २ खेलमा विजयी भएको छ ।

श्रीलङ्का समूह ‘बी’ बाट र इङ्ग्ल्यान्ड समूह ‘सी’ बाट उपविजेता बन्दै ‘सुपर–एट’ मा पुगेका हन् । यस्तै भारत समूह ‘ए’ बाट र दक्षिण अफ्रिका समूह ‘डी’ बाट विजेता बन्दै सुपर एटमा पुगेका हुन् ।यसैबीच हिजो ‘सुपर–एट’ को पहिलो खेल वर्षाका कारण रद्द भएको छ । श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा स्टेडियममा वर्षाका कारण पाकिस्तान र न्युजिल्यान्डबीचको खेल हुन सकेन । योसँगै पाकिस्तान र न्युजिल्यान्ड दुवैले १–१ अङ्क बाँडेका छन् ।
‘सुपर–एट’ मा दुई वटा समूहमा चार–चार वटा टोली रहेका छन् । ‘सुपर–एट’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

हिंसाबाट सत्ता परिवर्तनको मान्यता स्थापित हुन खोज्नु लोकतन्त्रका लागि खतराः राधेश्याम अधिकारी

सम्बन्धित

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल जितविहीन

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu