ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा


एबीसी न्यूज
१० फाल्गुन २०८२, आइतबार   ७ : १८   बजे

काठमाडौं, १० फागुन । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले निर्वाचन सुरक्षा अनुगमनको लागि २३ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) खटाउने निर्णय गरेको छ।

उनीहरु आफ्नो कार्यक्षेत्रमा सोमबारदेखि खटिने सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले बताए। एसएसपीहरूलाई प्रधान कार्यालय र प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिन लागेका हुन्।

उनीहरुलाई भर्चुअल माध्यमबाट आइतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यायले विशेष निर्देशन दिएका छन्।

निर्वाचनको समय अगावै, निर्वाचको समय र निर्वाचन पश्चातको समयमा आउन सक्ने जस्तोसुकै खराब अवस्थाको सामना गरी निर्वाचन सम्पन्न गराउन आईजीपी अर्यालले निर्देशन दिएका छन्।

अर्यालले निर्वाचनको समयमा जस्तोसुकै चुनौतीहरु आईपर्न सक्ने भएको हुँदा सो अवधिभर उम्मेदवार, मतदान केन्द्र, मतदाता र व्यालेट बक्सको सुरक्षामा थप सशक्त भएर लाग्न निर्देशन दिएको प्रवक्ता भट्टले बताए।

निर्वाचनको समयमा सुरक्षासँग सम्बन्धित सूचना संकलन, सबै तहका कामण्डरहरुसँग समन्वय, सबै उम्मेदवारहरुसँग सम्पर्कमा रहन तथा फिल्डमा भएका कमीकमजोरी र तत्काल गर्नुपर्ने कामबारे जतिसक्दो छिटो मुख्यालयमा जानकारी गराउन भनिएको छ।

यस्तै निर्वाचन प्रहरीहरुलाई सभ्य र नम्र व्यवहार गर्न तथा उनीहरूको सेवा सुविधामा कुनै पनि प्रकारको गुनासो नआउने गरी कार्य गर्न समेत आईजीपी अर्यालले भनेका छन्।

सीमा क्षेत्रको अनुगमन, निर्वाचनको समयममा बल प्रयोग गर्नु परेमा मानवअधिकारको संरक्षण र पूर्ण पालना गर्दै बल प्रयोगको समयमा आवश्यक प्रमाण राख्न समेत निर्देशन दिए।

निर्वाचन बिथोल्न खोज्नेहरुको पहिचाहन गरी सोही अनुसारको रणनीति बनाउन र कानून अनुसारको बल प्रयोग गर्न मातहत सबै तहका कमाण्डरहरुलाई स्पष्ट हुन समेत महानिरीक्षक अर्यालले भनेका छन्।

सोमबारबाट देशका ७७ वटै जिल्लामा अनुगमनमा जाने वरिष्ठ अधिकृतहरुले फिल्ड र मुख्यालयबीच समन्वयात्मक भूमिका समेत निर्वाह गर्ने डीआईजी भट्टले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group