ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूलीमा बस खस्यो : १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते


एबीसी न्यूज
११ फाल्गुन २०८२, सोमबार   ६ : १२   बजे

४६ यात्रु सवार अनुमान, राति भएकाले उद्धारमा कठिनाइ

काठमाडौं । धादिङमा मध्यराति भएको भीषण बस दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशूली नदी किनारमा खस्दा ठूलो मानवीय क्षति भएको हो।

दुर्घटना आइतबार राति करिब साढे १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्ग खण्डमा भएको हो। ग १ ख १४२१ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ।

४६ यात्रु सवार रहेको अनुमान

घटनास्थलमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेका अनुसार दुर्घटनाको समयमा बसमा करिब ४६ जना यात्रु सवार रहेको अनुमान गरिएको छ। मृतक र घाइतेमध्ये धेरैको सनाखत हुन बाँकी छ।

डुंगाबाट उद्धार, एम्बुलेन्समार्फत अस्पताल पठाइँदै

रातिको अँध्यारो र नदी किनारको कठिन भौगोलिक अवस्थाका कारण उद्धार कार्यमा चुनौती थपिएको प्रहरीले जनाएको छ। यात्रुहरूलाई डुंगाको सहायताले नदी किनारबाट बगरसम्म ल्याइँदै त्यहाँबाट एम्बुलेन्समार्फत विभिन्न अस्पताल पठाइएको छ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना का टोलीहरू खटिएका छन्। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली र आदमघाटस्थित विपद् व्यवस्थापन बेसबाट डीएसपी सुनिल गिरी नेतृत्वको टोली उद्धारमा संलग्न रहेको जनाइएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी

बस किन र कसरी दुर्घटना भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सडकबाट गहिरो तल खसेकाले ब्रेक फेल, चालकको नियन्त्रण गुम्नु वा अन्य प्राविधिक कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि आधिकारिक कारण खुलाइएको छैन।

मृतकहरूको शव घटनास्थलमै राखिएको छ। पहिचान प्रक्रिया र थप खोज तथा उद्धार कार्य जारी रहेको प्रशासनले जनाएको छ।

त्रिशूली नदी किनारमा यसअघि पनि दुर्घटनाहरू हुने गरेका छन्। पृथ्वी लोकमार्गको उक्त खण्ड साँघुरो र जोखिमपूर्ण मानिन्छ। यस दुर्घटनाले फेरि एकपटक सडक सुरक्षा र सार्वजनिक यातायातको प्राविधिक अनुगमनबारे गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group