ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिनाबारीबारे बोल्न नसक्ने महिला सेनिडरी प्याड बनाउन सक्रिय


admin
२५ चैत्र २०७४, आइतबार   १२ : ४१   बजे

काठमाडौं,२५ चैत । प्राकृतिक नियम अनुसार हुने महिनाबारीको कुरा भन्न समेत लजाउने महिलाहरु आजभोली घरेलु सेनिटरी प्याड बनाउने काममा सक्रिय हुन थालेका छन् ।

विकास र आधुनिकताको नाममा रुपान्तरण हुदै गएको जीवनशैलीले खर्च बढाउनुको साथै विभिन्न किसिमका स्वास्थ्य समस्या निम्तिन थालेपछि महिला सेनिटरी प्याड बनाउने काममा सक्रिय भएका हुन् ।

बजारमा विभिन्न कम्पनीले ल्याएका प्याड प्रयोग गर्दा सजिलो त हुन्छ नै तर त्यसले छाला तथा पाठेघर सम्मको इन्फेक्सन गराउनुको साथै खर्च पनि बढाउने भएपछि आफुहरु घरेलु प्याड बनाउन सक्रिय भएको उनीहरुको भनाई छ । नहुदाको प्राविधिक सहयोगमा किर्तिपुर नगरपालिकाले संचालन गरेको सेनिटरी प्याडको उपयोग, तयारी र प्रयोग सम्बन्धी तालिममा महिला निसंकोच सहभागी भएका छन् ।

घरेलु सेनेटेरी प्याड सफा गरेर पुन प्रयोग गर्न सकिने भएकाले वातावरण प्रदुषण कम गर्नुको साथै विभिन्न किसिमका छालाका इन्फेक्सनबाट जोगिन मद्द्त गर्ने बुझाई उनीहरुको छ । कतिपय सहभागी यो सिपलाई आय आर्जनको स्रोत बढाउनका लागि प्रयोग गर्ने योजनामा पनि छन् ।

प्रशिक्षक पूर्ण माया श्रेष्ठ घरैमा उपलब्ध साना साना कपडाका टुक्रा प्रयोग गरि बनाउन सकिने भएकाले घरेलु सेनेटेरी प्याड किफायति, सजिलो र स्वस्थ्यकर हुने बताउनुहुन्छ ।

उपभोक्ता पनि महिला नै भएकाले तालिम लिएका महिलाले सेनिटरी प्याड बनाउने सिपलाई आयआर्जनको माध्यम बनाउने विश्वास नगरपालिकाले लिएको छ ।

नया संरचना अनुसार स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने तालिम संचालन गर्नु सकारात्मक छ । साथै यस्तो तालिममा बढ्दो महिला सहभागिताले चेतनाको स्तर वृृद्धि गरेको पनि प्रमाणित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group