ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होर्मुजमा आगो : दोस्रो अमेरिकी लडाकु विमान खस्यो, इरानमा एक चालक अझै बेपत्ता


एबीसी न्यूज
२१ चैत्र २०८२, शनिबार   ६ : १८   बजे

काठमाडौं । मध्यपूर्वको अत्यन्त संवेदनशील क्षेत्र होर्मुज जलडमरूमध्य वरिपरि सुरक्षा अवस्था झन् जटिल बन्दै गएको छ । शुक्रबार अमेरिकी ए–१० वार्थोग आक्रमणकारी विमान उक्त क्षेत्र नजिकै दुर्घटनाग्रस्त भएको खबर सार्वजनिक भएको छ । यद्यपि दुर्घटनाको ठ्याक्कै स्थान अझै खुल्न सकेको छैन । राहतको पक्ष के भने विमानका चालकलाई सुरक्षित रूपमा उद्धार गरिएको छ ।

यससँगै जोडिएको अर्को गम्भीर घटनामा, अमेरिकी एफ–१५ई स्ट्राइक इगल लडाकु विमान इरान भित्र खसेको पुष्टि भएको छ । उक्त घटनामा पाइलटलाई सफलतापूर्वक उद्धार गरिए पनि विमानमा रहेका ‘हथियार प्रणाली अधिकृत’ अझै बेपत्ता छन् । उनी दुर्घटनापछि सुरक्षित रूपमा बाहिर निस्कन सके वा नसकेकोबारे हालसम्म कुनै स्पष्ट जानकारी नआएको ट्रम्प निकट फक्स न्युजले जनाएको छ ।

बेपत्ता चालकदल सदस्यको खोजीका लागि पठाइएको उद्धार टोलीसमेत सुरक्षित रहन सकेन । खोज तथा उद्धार अभियानमा संलग्न दुई वटा हेलिकोप्टरमाथि “शत्रु पक्षबाट गोलीबारी” भएको बताइएको छ । आक्रमणका कारण दुवै हेलिकोप्टरमा क्षति पुगेको र केही सैनिक घाइते भएको जानकारी आएको छ । तर कठिन परिस्थितिका बाबजुद ती हेलिकोप्टरहरू सुरक्षित रूपमा अवतरण गर्न सफल भएका छन् ।

होर्मुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्तिको दृष्टिले अत्यन्त महत्वपूर्ण मार्ग हो, जहाँ सानो तनावले पनि ठूलो अन्तर्राष्ट्रिय प्रभाव पार्न सक्छ । लगातार दुई वटा अमेरिकी सैन्य विमान दुर्घटना हुनु र उद्धार टोलीसमेत आक्रमणमा पर्नु सामान्य घटना नभई गम्भीर सामरिक संकेतका रूपमा हेरिएको छ ।

यी घटनाहरूले अमेरिका–इरान सम्बन्ध झन् तनावपूर्ण दिशातर्फ अघि बढिरहेको देखाउँछन् । अबको अवस्था केवल सैन्य दुर्घटनाको सीमा पार गरेर सम्भावित क्षेत्रीय टकरावतर्फ उन्मुख हुन सक्ने चिन्ता बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

सम्बन्धित

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu