उदयपुर, २५ चैत्र । उदयपुरको एक क्रसर उद्योगमा अज्ञात समूहद्वारा ग्यास सिलिन्डर बम बिस्फोट गराइएको छ। त्रियुगा नगरपालिका–७ चुहाडेमा आइतबार जेआइसी शर्मा लामा जेभी क्रसर उद्योगलाई लक्षित गरी ग्यास सिलिण्डर वम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।
उदयपुर प्रहरी प्रमुख नवराज भट्टका अनुसार विस्फोटबाट क्रसर उद्योगको स्क्रिन मेसिनको कन्वेयर बेल्ट र मटर क्षतिपुग्दा सात लाख बरावरको क्षति भएको प्रहरीको प्रारम्भीक अनुमान छ। यसैक्रममा घटनाको अनुसन्धान गर्न गएको इलाका प्रहरी कार्यालयले जलजलेको प्रहरीले टोलीले उद्योगलाई लक्षित गरी राखिएको अर्को सुतली फेला पारी डिस्पोज गरेको पनि भट्टको भनाइ छ।
‘सुतली वम फेरासँगै त्रियुगा नगरपालिका–१० बोक्सेस्थित नेपाली सेनाको रणशार्दुल गणको एक टोलीले बोलाइ बम डिस्पोज गरियो,’ उनले भने, ‘कुन समूहले भन्ने अहिले हामी अनुसन्धान गरिरहेका छौँ।’
प्रतिक्रिया दिनुहोस्