ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झण्डै ४० मिनेट सम्पर्कबाहिर रहेर आर्टिमिस–२ अन्तरिक्षयान पुन: सम्पर्कमा


एबीसी न्यूज
२४ चैत्र २०८२, मंगलबार   ७ : ०७   बजे

काठमाडौं, २४ चैत्र । आर्टिमिस–२ अन्तरिक्षयान चन्द्रमाको पछाडिबाट निर्धारित समयमै पुनः पृथ्वीसँग सम्पर्कमा आएको छ । नेपाली समयानुसार आज बिहान साढे ४ बजे झण्डै ४० मिनेटसम्म सम्पर्कविहीन भएपछि पुनः संकेत प्राप्त हुँदा मिसन नियन्त्रण कक्षमा ठूलो राहत महसुस गरिएको बीबीसीले जनाएको छ ।

सम्पर्क पुनः स्थापित भएपछि यानमा रहेका मिसन विशेषज्ञ क्रिस्टिना कोचले सन्देश पठाएका छन् । उनले पृथ्वीसँग फेरि संवाद गर्न पाउँदा अत्यन्त खुशी लागेको बताए। वैज्ञानिकहरूका अनुसार यस उडानका क्रममा अन्तरिक्षयात्रीहरूले चन्द्रमाको सतह, खाल्डाखुल्डी, चट्टान र ध्रुवीय क्षेत्रमा रहेको सम्भावित बरफको अध्ययन गरिरहेका छन् ।

उनीहरूले देखेका दृश्यहरू आवाजमार्फत वर्णन गरेर रेकर्ड समेत गरेका छन्, जसलाई पृथ्वीमा सुन्न पाइनेछ । सम्पर्क विच्छेदको क्षणमा अन्तरिक्षयात्रीहरू चन्द्रमाको पछाडितिर पुग्दा पृथ्वीबाट पूर्ण रूपमा अलग भएका थिए, जुन अवस्था गएको ५० वर्षयता दुर्लभ मानिन्छ । अहिले भने सबै प्रक्रिया सफलतापूर्वक सम्पन्न हुँदै अन्तरिक्षयान पृथ्वी फर्किने यात्रामा अघि बढेको खबरमा उल्लेख छ । आर्टिमिस २ यान गएको विहीबार चन्द्रमा तिर गएको थियो भने आउँदो शुक्रबार पृथ्वीमा फर्किनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

सम्बन्धित

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu