ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री कप क्रिकेटमा बागमती र मधेश प्रदेश विजयी


एबीसी न्यूज
२५ चैत्र २०८२, बुधबार   ८ : ०५   बजे

काठमाडौं, २५ चैत्र । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा बागमती प्रदेश र मधेश प्रदेश विजयी भएका छन् ।

जनकपुरमा भएको खेलमा बागमतीले कोशी प्रदेशलाई ७ विकेटले हरायो । कोशीले दिएको १०० रनको लक्ष्य बागमतीले ९ ओभरमा ३ विकेट गुमाएर भेटायो । बागमतीका विवेक मगरले नटआउट ६१ रन बनाए । कोशीका विपिन महतोले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको कोशी २८ ओभर २ बलमा ९९ रनमै अलआउट भयो । कोशीका कप्तान सुजन थपलियाले २१ रन बनाए । बागमतीका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए ।

योसँगै बागमती ७ खेलमा ३ जीतसहित ६ अङ्क जोडेर तालिकाको सातौँ स्थानमा उक्लिएको छ । कोशी लगातार ६ खेलमा हार बेहोर्दै १ अङ्कसहित पुछारमा छ ।

यस्तै वीरगञ्जमा भएको खेलमा मधेशले गण्डकी प्रदेशलाई डीएसएल पद्धतिका आधारमा १८ रनले हरायो । खेल वर्षाले प्रभावित भएपछि २२ ओभरमा ९९ रनको लक्ष्य पछ्याएको गण्डकीले २२ ओभरमा ५ विकेट गुमाएर ८० रनमात्र बनाउन सक्यो । गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए । मधेशका विशाल पटेल, रूपेश सिंह, आशिक बैठा र मोहम्मद आदिल आलमले १र१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको मधेशले ३४ ओभर ५ बलमा १७२ रन बनाउँदा सबै विकेट गुमायो । मधेशका मयन यादवले ४३ रन बनाए । गण्डकीका अपराजित पौडेल र सुवास भण्डारीले ३र३ विकेट लिए ।

योसँगै मधेश ६ खेलमा ४ जीतसहित ९ अङ्क जोडर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । गण्डकी ७ खेलमा ५ अङ्कसहित आठौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बडिमालिका भगवतीको परम्परागत पेटारो बडिमालिकातर्फ प्रस्थान

हराएकी दुई वर्षीया बालिका सकुशल फेला

सम्बन्धित

एनभीएलको ट्रफी पाटन दरबार स्क्वायरमा सार्वजनिक

पाकिस्तानमा चैत २० देखि २८ गतेसम्म १४औँ साग हुने

 दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

बंगलादेशमाथि अस्ट्रेलियाको शानदार जित, टेस्ट शृंखला १–१ मा बराबर

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

एसियाली खेलकुदमा नेपालले जितेका तीन रजत पदक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu