काठमाडौं, २५ चैत । राजधानी काठमाडौंमा दिन प्रतिदिन जुवाडेको संख्या बढ्दै गएको छ । पछिल्लो चार दिनमा काठमाडौंका विभिन्न स्थानबाट ३८ जना जुवाडे पक्राउ परेका छन् ।
बिहीबार, शुक्रबार र शनिबार काठमाडौंका विभिन्न ठाउँबाट ३ लाख ६१ हजार रुपैयाँसहित ३८ जना जुवाडे पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । गएको बिहीबार बौद्धबाट ७७ हजार रुपैयाँसहित तास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
यस्तै शुक्रबार स्यूचाटारबाट २८ हजार रुपैयाँसहित ६ जना र कुलेश्वरबाट ४४ हजार रुपैयाँसहित ८ जना पक्राउ परेका थिए । शनिबार कलंकीबाट १ लाख ४४ हजार रुपैयाँसहित १० जना जुवाडे पक्राउ परेका थिए भने शनिबार नै गोगंवुको १ होटलबाट ५७ हजार रुपैयाँसहित ५ जना पक्राउ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्