बझाङ, २५ चैत। बझाङ सदरमुकाम चैनपुरमा बिजुली तीन दिनमा एक पटकमात्र आउदा स्थानीय समस्यामा परेका छन् ।
जिल्लाकै मुख्य व्यापारिक केन्द्र मानिने सदरमुकाम चैनपुरमा तीन दिनमा एक दिनमात्र बिजुली आउने गरेको स्थानीबासी जोग कठायतले बताएका छन् ।
नियमित रुपमा विद्युत् आपुर्ति नहुदा उद्योगी, व्यापारी र विद्यार्थी सबैभन्दा बढी मारमा परेका छन् ।
२०४५ सालमा निर्माण गरिएको यो विद्युत् आयोजना जापान सहयोग नियोगको अनुदान सहयोगमा एक वर्ष अघिमात्र मर्मत गरिएको थियो । आयोजना मर्मत गर्न ८५ करोड रुपैयाँ खर्च गरिएको थियो ।
खोलको पानीको सतह घटेकाले नियमित विद्युत् आपूर्ति गर्न नसकिएको सुर्मादेवी विद्युत् प्रालिले जनाएको छ । २ सय किलोवाट क्षमता भए पनि पानी नभएका कारण अहिले आयोजनाबाट ६५ किलोवाट मात्र विद्युत् उत्पादन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्