बाँके,२५ चैत । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सगिर खान पक्राउ परेका छन् ।
खानलाई फैसला कार्यान्वयन इकाईको टोलीले पक्राउ गरेको हो । शनिबार पक्राउ परेका खानलाई आइतबार बाँके जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक रणबहादुर बिष्टले जानकारी दिनुभयो । वन सम्बन्धी मुद्धामा खानले २६ दिन कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । खान स्थानीय तहको निर्वाचनमा सङ्घीय समाजवादी फोरम नेपालबाट उम्मेदवार भई विजयी हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्