ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख १८ हजार परीक्षार्थी


एबीसी न्यूज
१४ बैशाख २०८३, सोमबार   ७ : २१   बजे

काठमाडौं, १४ वैशाख । सोमबारदेखि ७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी सहभागी हुँदैछन्।

२०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुनेछन्। जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले परीक्षा दिँदैछन्।

गत वर्षभन्दा परीक्षार्थीको संख्या घटेपछि परीक्षा केन्द्रको संख्या पनि कम भएको परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले जानकारी दिए।
यस वर्ष १ हजार ४ सय २१ वटा परीक्षा केन्द्र तोकिएको छ। गत वर्ष ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी थिए। उक्त परीक्षाको नतिजा गत साउनमा प्रकाशित हुँदा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

नतिजामा ९ प्रतिशतले सुधार देखिएको थियो। नियममित र ग्रेडवृद्धि परीक्षाको नतिजामा पनि अघिल्ला वर्षहरूभन्दा सुधार देखिएकाले आंशिकतर्फ विद्यार्थी संख्या घटेकाले यस वर्ष समग्र विद्यार्थी संख्या घटेको देखिएको हो।

उत्तरपुस्तिकासहित परीक्षा सामग्री परीक्षा केन्द्रहरूमा पठाइएको परीक्षा नियन्त्रक शर्माले बताए। प्रश्नपत्र भने कोभिड महामारीदेखि नै अनलाइनबाट पठाउन थालिएको छ। परीक्षा सञ्चालन हुने दिन नै बोर्डले परीक्षा केन्द्रहरुमा अनलाइनबाट पठाएको प्रश्नपत्र प्रिन्ट गरेर परीक्षार्थीलाई वितरण गर्ने व्यवस्था छ।

केन्द्राध्यक्षसहित केन्द्रमा खटिने प्रहरीको रोहबरमा प्रश्नपत्र प्रिन्ट गरी वितरण गरिन्छ। वैशाख २७ गते कक्षा १२ को परीक्षा सकिने समयतालिका छ ।

उत्तरपुस्तिका परीक्षण गत वर्षजस्तै बोर्डले तोकेको परीक्षण केन्द्रमा गरिने शर्माले बताए । यसरी उत्तरपुस्तिका परीक्षा गर्दा ३ महिनाभित्र नतिजा प्रकाशन हुदैं आएको छ।

कक्षा १० ९एसईई०को उत्तरपुस्तिका भने यसवर्ष देखि परीक्षा केन्द्रमै परीक्षण गरेर १ महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी गरिएको छ।

परीक्षा नियन्त्रण कार्यालयले एसईईको उत्तरपुस्तिका परीक्षण सकेर प्राप्तांक इन्ट्री र रुजुको काम भइरहेको जनाएको छ। वैशाख मसान्तसम्म एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको लक्ष्य छ।

कक्षा १२ को परीक्षा सहभागी हुने विद्यार्थी परीक्षा सुरू हुनुभन्दा आधा घण्टाअघि नै परीक्षा केन्द्रमा पुग्नुपर्ने बोर्डले जनाएको छ।

बिहान ८ बजेदेखि ११ बजेसम्म देशभरका परीक्षा केन्द्रमा एकै समयमा परीक्षा सञ्चालन हुने समयतालिकामा उल्लेख छ।

परीक्षा सुरू भएको १५ मिनेटपश्चात उपस्थित हुने परीक्षार्थीलाई परीक्षामा सहभागी गराइने छैन,’ समयतालिकामा भनिएको छ।

परीक्षार्थीलाई परीक्षा केन्द्र परिवर्तन गरेर सहभागी हुन रोक लगाइएको छ। मोबाइल फोन, स्मार्ट घडीलगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस परीक्षा हलमा लैजान निषेध गरिएको बोर्डले जनाएको छ।

परीक्षा समयतालिकाअनुसार नियमित विद्यार्थीलाई लागि पहिलो दिन वैशाख १४ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ। १५ गते अनिवार्य नेपाली, १७ गते सामाजिक अध्यक्ष तथा जीवनउपयोगी शिक्षा र त्यसपछि ऐच्छिक विषयहरूको परीक्षा सञ्चालन हुनेछ। आंशिक विद्यार्थीको परीक्षा तालिका फरक छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group