ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल एयरलाइन्सले भारतको भूभागलाई पाकिस्तानमा राखेपछि आलोचना, माफी माग्दै हटायो नक्सा


एबीसी न्यूज
१७ बैशाख २०८३, बिहिबार   ११ : ०९   बजे

काठमाडौं, १७ वैशाख । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले सामाजिक सन्जालमा पोष्ट गरेको एक नक्सामा भारतमा पर्ने जम्मुकश्मिर क्षेत्रलाई पाकिस्तानमा देखाएपछि आलोचना भएको छ ।

निगमले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागेको छ । र, उक्त नक्सा सामाजिक सन्जालबाट हटाइएको जानकारी दिएको छ ।

‘हाम्रा सामाजिक सन्जालमार्फत् हालै साझा गरिएको नेटवर्क नक्सामा भएको त्रुटिका लागि हामी क्षमायाचना गर्दछौं,’ नेपाल एयरलाइन्सले भनेको छ, ‘उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर नक्सांकन त्रुटिहरु थिए ।’ सो नक्साले नेपाल वा नेपाल एयरलाइन्सको आधिकारिक धारणा प्रतिबिम्बित नगर्ने पनि स्पष्ट पारिएको छ ।

सो नक्सा हटाइसकेको र त्रुटिबारे आन्तरिक समीक्षा गरिरहेको एयरलाइन्सले जनाएको छ । ‘हामीले उक्त पोस्ट हटाइसकेका छौं र हाम्रा सामग्रीहरुले उच्चतम शुद्धताको मापदण्ड पूरा गर्ने सुनिश्चित गर्न आन्तरिक समीक्षा गरिरहेका छौं,’ नेपाल एयरलाइन्सले सोसल मिडिया मार्फत् भनेको छ, ‘हामी छिमेकी र मित्रहरुसँगको हाम्रो सदृढ सम्बन्धलाई अत्यन्त महत्व दिन्छौं र उक्त पोस्टबाट कुनै पनि प्रकारको असहजता वा आपत्ति भए त्यसप्रति दुःख व्यक्त गर्दछौं ।’

नेपाल एयरलाइन्सले पोष्ट गरेको नक्साको भारतमा विरोध भएको थियो । भारतीय नागरिकहरुले सोसल मिडिया प्लेटफर्ममा नेपाल एयरलाइन्स र जम्मुकश्मिरसँग सम्बन्धित ह्यासट्याग राख्दै तीखा प्रतिक्रिया दिएका थिए । कतिपयले नेपाल एयरलाइन्सलाई भारत विरोधी भनेर पनि आलोचना गरेका थिए ।

भोजपुरी सिनेमाका सुपरस्टार भनिने खेसारी लाल यादवले पनि यसप्रति कडा प्रतिक्रिया सार्वजनिक गरेका थिए । उनले एक्समा लेखेका छन्, ‘के सोचेर नेपाल एयरलाइन्सले भारतको नक्सामा यस्तो छेडछाड गरेको हो, त्यो पनि जम्मुकश्मिरलाई लिएर ? यो सामान्य कुरा होइन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu