ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए


एबीसी न्यूज
१८ बैशाख २०८३, शुक्रबार   ६ : २४   बजे

काठमाडौं, १८ बैशाख । सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै वालेन्द्र शाह नेतृत्वको सरकारले थालेको डोजरको विनाश श्रृंखलाबाट भुइँमान्छेहरू नराम्रोसँग प्रभावित भएका छन् ।

सबै सुकुम्वासीलाई हुकुम्बासीको नाम दिएर काँचा इँटा र ब्रिक्सले बनेका अधिकांश घरमा बडेमानका डोजर चलाउने क्रम जारी छ।

सामान निकाल्न केही घण्टा दिएर हतार हतार डोजर चलाउँदा हजारौँको अहिले बिचल्ली भएको छ। निम्न वर्गमाथि सरकारको यो कठोर कदमको असरले सुकुम्वासीहरूमा गम्भीर मानसिक आघात पर्न थालेको छ।

त्यसकै एक उदाहरण बल्खुबाट आएको छ। शुक्रबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरी बलको ठूलो समूह उतारेर थालिएको यो अभियानका क्रममा वर्षौँदेखि आश्रय लिएका झु्प्रा ढल्दा सुकुम्वासीमाथि गहिरो आहत परेको छ।

यस्तै आहत व्यहोरेर शुक्रबार एकजना सुकुमवासी वृद्धले ज्यान गुमाएका छन् । शुक्रबार बिहान डोजरले घरमा हान्न थालेपछि ‘हेर्न सक्दिनँ’ भन्दै विरक्तिएर हिँडेका ६१ वर्षीय इन्द्रबहादुर राई दिउँसोबल्खु खोलामा मृत भेटिए ।

पुर्ख्यौली थलो खोटाङ भएका इन्द्रबहादुर कयौँ वर्षदेखि बल्खु फलफूल तथा तरकारी बजारमा काम गर्दै आएका थिए । निम्न वर्गका श्रमिकको घरमा डोजर बज्रिएपछि हिँडेका उनले बल्खु खोलामा हामफालेर जीवन समाप्त गरेका हुन्।

आफ्ना पति मृत भेटिएको पुष्टि उनकी पत्नी सरिता राईले गरेकी छन् । उनका अनुसार शुक्रबार बिहान घरमा डोजरले हान्न थालेपछि इन्द्रबहादुर विरक्तिँदै हिँडेका थिए । बिहानै घर लडेको दृश्य हेर्न नसक्ने भन्दै रन्थनिएर हिँडेका इन्द्रबहादुरको शव बल्खु खोला किनारमा भेटिएको हो ।

स्थानीयका अनुसार डोजरले घर ढालेको हेर्न नसकेर रन्थनिएका उनले बल्खु खोलामा हामफालेको खुलेको छ । हामफालेपछि उनी निष्प्राण भइसकेको अवस्थामा भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group