ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान उल्लंघनको आरोपसहित सरकारमाथि तीव्र आलोचना, प्रशासनिक हस्तक्षेपबारे प्रश्न


एबीसी न्यूज
२१ बैशाख २०८३, सोमबार   १० : ३५   बजे

काठमाडौं २१ वैशाख । संघीय सरकारले भूमि व्यवस्थापन तथा सार्वजनिक जग्गा खाली गराउने नाममा चालेका पछिल्ला कदमप्रति राजनीतिक तथा कानुनी वृत्तमा तीव्र आलोचना भएको छ। आलोचकहरूले यी कार्यलाई संविधानले व्यवस्था गरेको अधिकार बाँडफाँटको स्पष्ट उल्लंघन भन्दै ‘केन्द्रबाट गरिएको हुकुमी प्रशासनिक शैली’ को संज्ञा दिएका छन्।

संविधानअनुसार भूमि व्यवस्थापन, जग्गा अभिलेख तथा गुठी व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई र घरजग्गा धनीपूर्जा वितरण तथा स्थानीय सम्पत्ति संरक्षणको अधिकार स्थानीय तहलाई दिइएको भए पनि संघीय सरकारले ती अधिकार क्षेत्रलाई बेवास्ता गर्दै प्रत्यक्ष हस्तक्षेप बढाएको आरोप लगाइएको छ।

विशेषगरी जिल्ला प्रशासन कार्यालय (सिडियो) मार्फत देशभर सार्वजनिक तथा ऐलानी जग्गा खाली गराउने निर्देशन जारी हुनु र सुरक्षा निकायको प्रयोगमार्फत स्थानीय तहलाई बाइपास गरिएको घटनाले गम्भीर संवैधानिक प्रश्न उठाएको आलोचकहरूको भनाइ छ। उनीहरूका अनुसार यसले निर्वाचित स्थानीय सरकारलाई कमजोर बनाउँदै प्रशासनिक संयन्त्रलाई दबाब र त्रासको माध्यम बनाएको देखिन्छ।

आलोचकहरूले यस्तो अभ्यासलाई गैरसंवैधानिक तथा गैरलोकतान्त्रिक भन्दै तत्काल रोक्न माग गरेका छन्। साथै, राज्य संयन्त्रको प्रयोगमार्फत नागरिक विस्थापन र अधिकार हननको जोखिम बढ्न सक्ने चेतावनी पनि दिएका छन्।

सरकार पक्षले भने यी सबै कदम सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा कानुनी व्यवस्था कार्यान्वयनको नियमित प्रक्रिया भएको दाबी गर्दै आएको छ।

तर विवाद चर्किँदै जाँदा संघीय संरचनाको व्यवहारिक कार्यान्वयन र प्रशासनिक शैलीबारे बहस अझ तीव्र बनेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group