ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमै चासोको विषय बनेको देउवा दम्पती प्रकरणमा इन्टरपोलको इन्कार


abc news
२३ बैशाख २०८३, बुधबार   ५ : ५६   बजे

काठमाडौं, २३ वैशाख । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा विरुद्ध रेड नोटिस जारी गर्न गरिएको नेपालको अनुरोध इन्टरपोलले अस्वीकार गरेपछि यो विषय नेपालमै व्यापक बहसको केन्द्र बनेको छ।

सम्बद्ध कसुर स्पष्ट रूपमा पुष्टि नभएको, अनुसन्धानको आधार र चरणबारे पर्याप्त विवरण नपुगेको तथा एकैपटक सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाइएको विषयलाई लिएर इन्टरपोलले प्रश्न उठाएको हो। अन्तर्राष्ट्रिय मापदण्डअनुसार रेड नोटिस जारी गर्न ठोस कानुनी आधार, स्पष्ट आरोप र प्रमाण आवश्यक पर्ने भए पनि हालको सन्दर्भमा ती सर्त पूरा नभएको निष्कर्ष इन्टरपोलले दिएको छ।

यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा काठमाडौं जिल्ला अदालतले २०८२ चैत २४ गते देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि नेपाल प्रहरीले आवश्यक कागजातसहित इन्टरपोलमा रेड नोटिसका लागि प्रक्रिया अघि बढाएको थियो।

सुरक्षा स्रोतहरूका अनुसार इन्टरपोलले नेपालतर्फ प्रश्न गर्दै “ठ्याक्कै कुन कसुरमा अनुसन्धान भइरहेको हो, अनुसन्धानको अवस्था के हो, र कसरी सम्पत्ति शुद्धीकरणसँग प्रत्यक्ष सम्बन्ध स्थापित गरिएको हो” भन्ने विषयमा स्पष्टता मागेको थियो। सोही आधारमा नोटिस जारी नगरी फिर्ता पठाइएको बताइएको छ।

उक्त घटनाले नेपालमा कानुनी प्रक्रिया, अनुसन्धानको विश्वसनीयता र राजनीतिक प्रभावका विषयमा नयाँ बहस सुरु गराएको छ। कानुनविद्हरूले अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न अनुसन्धानको स्तर, प्रमाणको मजबुती र प्रक्रियागत पारदर्शिता अत्यन्तै महत्त्वपूर्ण हुने बताउँदै आएका छन्।

देउवा दम्पती हाल विदेशमा रहेको बताइए पनि उनीहरूको अवस्थाबारे सरकार वा परिवारका तर्फबाट औपचारिक पुष्टि सार्वजनिक भइसकेको छैन। यसबीच, नेपालमा उनीहरूमाथिको अनुसन्धान प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयले आगामी दिनमा थप राजनीतिक र कानुनी तरंग ल्याउने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group