ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले दोहोर्‍यायो लिपुलेकबारे आफ्नो अडान


एबीसी न्यूज
२४ बैशाख २०८३, बिहिबार   ५ : ५७   बजे

काठमाडौं, २४ वैशाख। नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राबारे भारत विदेश मन्त्रालयले आफ्नो अडान दोहोर्‍याएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले कैलाश मानसरोवर यात्राको विषय नयाँ नभएको बताए ।मन्त्रालयको साप्ताहिक मिडिया ब्रिफ्रिङमा उनले भने, ‘हामी यो विषयमा प्रेस नोट जारी गरिसकेका छौं । मानसरोवर यात्रा १९५४ देखि नै हुँदै आएको हो । यो नौलो विषय होइन ।’केही दिनअघि भारत र चीनले लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न लाएको विरोधमा नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो । त्यसलगत्तै भारतीय विदेश मन्त्रालयले यो विषय नयाँ नभएको प्रतिक्रिया दिएको थियो ।

यद्यपि नेपालसँग संवादका लागि भने तयार रहेको प्रेस नोटमा उल्लेख थियो ।सन् २०१५ मा भारत र चीनले लिपुलेक पास हुँदै व्यापारिक, तीर्थालु आउजाउ गर्ने सहमति गरेका थिए । त्यतिबेला नेपालले पठाएको कूटनीतिक नोटको भने दुवै देशले औपचारिक जवाफ दिएका थिएनन् । यसपटक पनि चीनले नेपालको यसबारे कुनै प्रतिक्रिया दिएको छैन । सन् १८१६ मा नेपाल र ब्रिटिस भारतबीच भएको सुगौली सन्धिमा काली (महाकाली) पूर्वका भू–भाग नेपालको हुने उल्लेख छ । जसअनुसार लिम्पियाधुरा मुहान भएको महाकाली सीमा नदी हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu