ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानन्यायाधीश सिफारिशमा हर्क साम्पाङ असन्तुष्ट


एबीसी न्यूज
२५ बैशाख २०८३, शुक्रबार   ६ : २७   बजे

काठमाडौं, २५ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानन्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाउनुभएको छ ।

अध्यक्ष साम्पाङले आज विज्ञप्ति निकालेर चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिश गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभएको छ । उहाँले उपसभामुख रुबीकुमारी ठाकुरले वरीयता उल्लङ्घन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

संसद् छलेर राष्ट्रप्रमुखलाई दबाव दिई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराउनु गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ । सुशासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै उहाँले यसमा राजनीतिक र कानूनी स्वार्थ लुकेको आशङ्का व्यक्त गर्नुभएको छ ।

राई अध्यक्ष रहेको पार्टीबाटै ठाकुर उपसभामुख बन्नुभएको हो । आफ्नै पार्टीबाट उपसभामुख बनेकी ठाकुरको भूमिकाप्रति राईले असन्तुष्टि व्यक्त गर्नुभयो ।

हिजो बसेको संवैधानिक परिषद् बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डा। मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu