ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस र युक्रनेबीच तीन दिने यद्ध विराम भएको ट्रम्पको घोषणा


एबीसी न्यूज
२६ बैशाख २०८३, शनिबार   ८ : १३   बजे

काठमाडौं, २६ वैशाख । डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तीन दिने युद्धविरामको घोषणा गरेका छन्।

नाजी जर्मनीमाथि सोभियत संघको विजयको उत्सव मनाउन दुवै पक्षले घोषणा गरेका छुट्टाछुट्टै युद्धविराम उल्लंघन गरेको आरोप एकअर्कालाई लगाएपछि ट्रम्पको यो कदम आएको हो।

अमेरिकी राष्ट्रपतिले भने, “यो युद्धविराममा सबै प्रकारका सैन्य गतिविधिको स्थगन र दुवै देशबाट १,००० कैदीहरूको आदानप्रदान समावेश हुनेछ।”

त्यसको लगत्तै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको सहभागिता पुष्टि गरे भने रुसी सरकारी सञ्चार माध्यमले पनि रुस यो प्रस्तावमा सहमत भएको जनाएको छ।

यसअघि दुवै पक्षले एकअर्काले आफ्नो स्थानमा आक्रमण जारी राखेको बताएका थिए र मस्कोका मेयरले रातभर सहरलाई ड्रोनले निशाना बनाएको बताएका थिए।

आफ्नो पोस्टमा ट्रम्पले आफूले व्यक्तिगत रूपमा तीन दिने युद्धविरामको अनुरोध गरेको र “राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यसलाई स्वीकार गरेकोमा म धेरै प्रशंसा गर्छु” भनी उल्लेख गरेका छन्।

शनिबारको विजय दिवस समारोहअघि पुटिनले मे ८–९ का लागि युद्धविराम घोषणा गरेका थिए। किभले यसअघि मे ६ देखि सुरु हुने गरी अनिश्चितकालीन युद्धविरामको आह्वान गरेको थियो।

रुसले युक्रेनलाई रेड स्क्वायरमा हुने विजय दिवसको परेडमा आक्रमण नगर्न चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group