ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिस्टहरुलाई जिरोमा लैजाने षड्यन्त्र भइरहेको छ,पार्टी एकता बाध्यता भइसकेको छ– प्रचण्ड


एबीसी न्यूज
२७ बैशाख २०८३, आइतबार   ३ : ४७   बजे

काठमाडौं, २७ वैशाख। नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले पछिल्लो निर्वाचन र त्यसपछिका परिघटनाले कम्युनिस्ट पार्टीहरुबीच एकताको बाध्यता बढेको बताएका छन् ।

निर्मल लामा स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले कम्युनिस्ट एकतामा जान नसकिए दुर्भाग्यपूर्ण हुने बताए ।

प्रचण्डले विचार,राजनीति र संगठनमा कम्युनिस्ट एकता बाध्यात्मक बन्दै गएको बताउँदै अब विगतको कुरा गरेर काम नलाग्ने बताए । प्रचण्डले दक्षिण एसियाबाटै कम्युनिस्ट सकियो भन्ने हल्ला चलेकाले कम्युनिस्टहरुलाई जिरोमा लैजाने षडयन्त्रविरुद्ध हेक्का राखेर अघि बढ्न आग्रह समेत गरे ।

संयोजक प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनलाई संकटमा पार्ने र राष्ट्रिय स्वाधीनता कमजोर पार्ने प्रयास भइरहेको दाबी समेत गरे । प्रचण्डले स्थानीय तहदेखि नै वामपन्थी र देशभक्तहरू एकताबद्ध हुनुपर्ने आवाज उठिरहेको बताए ।

उनले आफू जहाँ गए पनि नेता कार्यकर्ताले कम्युनिस्ट एकता र गणतन्त्र तथा लोकतन्त्र जोगाउन मोर्चा बनाउन आवश्यक रहेको समेत बताए । बालेन सरकारले श्रमजीवी वर्गमाथि, गरिब र निमुखामाथि आक्रमण गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu