ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना


एबीसी न्यूज
२८ बैशाख २०८३, सोमबार   ८ : ४३   बजे

काठमाडौं, २८ वैशाख । अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरूमा साधारणतया बादल तथा देशका बाँकी भू–भागहरूमा आंशिक बादल लागिरहेको छ ।

कोशी र बागमती प्रदेशका सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाण्डौ लगायतका हिमालीरपहाडी जिल्लाहरूमा र लुम्बिनी प्रदेशको रुकुम पूर्व आसपासका जिल्लामा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । आज यी र आसपासका क्षेत्रहरूमा थप पानी पर्न सक्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता बिहीवारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ । स्थानीय र पश्चिमी वायुका साथै पूर्वीय वायुको समेत प्रभावका कारण यो हप्ता पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बितेका दुई हप्तामा पनि देशका धेरैजसो ठाउँमा पानी परेको थियो । यो हप्ता पर्ने पानी अलि छोटो अवधिको हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका १र२ ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान पनि छ ।

भोलि बेलुका र पर्सि बिहान कतै कतै हावाहुरी पनि चल्नेछ । यो हप्ता तराईका केही ठाउँमा समेत मेघगर्जन, चट्याङ, असिना, हावाहुरीसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu