ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभाको अधिवेशन प्रारम्भः जनहित र सुशासनलाई प्राथमिकता दिन अध्यक्ष दाहालको आह्वान


एबीसी न्यूज
२८ बैशाख २०८३, सोमबार   ३ : ११   बजे

काठमाडौं, २८ वैशाख । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनहित, सुशासन र समृद्धिका लागि राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर जिम्मेवार भुमिका निर्वाह गर्न सदस्यहरूलाई आह्वान गर्नुभएको छ ।

अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरणका लागि राष्ट्रिय सभाले परिपक्व र अभिभावकीय भुमिका खेल्दै आएको बताउनुभएको हो । उहाँले विगतका चुनौती र प्रतिकूल परिस्थितिका बाबजुद संसदले विधायिकी प्रक्रियालाई निरन्तरता दिएको स्मरण गर्दै नयाँ जनादेश र नयाँ सरकार गठनसँगै संसदीय कामकारबाहीमा थप गति प्राप्त भएको उल्लेख गर्नुभयो ।

अधिवेशनलाई मुख्यतः ‘बजेट अधिवेशन’का रूपमा लिइन्छ । अध्यक्ष दाहालले यस अवधिमा सरकारको नीति तथा कार्यक्रम, विनियोजन विधेयक र बजेटमाथि गहन छलफल हुने जानकारी दिनुभयो । साथै, संघीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयक र नेपाल प्रहरीसम्बन्धी विधेयकलगायतका मत्वपूर्ण कानुनहरूलाई प्राथमिकताका साथ पारित गर्ने जिम्मेवारी संसदको काँधमा रहेको उहाँले बताउनु भयो । संसदलाई थप प्रविधिमैत्री र समावेशी बनाउने प्रयास स्वरूप यसै अधिवेशनदेखि राष्ट्रिय सभाको बैठकको प्रत्यक्ष प्रसारणमा ‘सांकेतिक भाषा’को प्रयोग शुरु गरिएको उहाँले घोषणा गर्नुभयो । यसका साथै, निर्माणाधीन संसद भवन छिट्टै सम्पन्न हुने र आधुनिक प्रविधिसहित नयाँ भवनबाट सभा सञ्चालन भई कार्यक्षमतामा वृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu