ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारलाई प्रचण्डले भने– संख्याको दम्भमा विधि मिच्ने काम नहोस्


एबीसी न्यूज
२९ बैशाख २०८३, मंगलबार   ३ : ४५   बजे

काठमाडौं, २९ वैशाख। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संख्याको बलमा विधि मिच्ने काम नगर्न आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले जनताले गरेको विश्वासलाई विधि बलियो बनाउनेतर्फ लाग्न आग्रह गरे ।‘मेरो आग्रह छ, संख्याको दम्भमा विधि मिच्ने काम नहोस् । तपाईंहरूलाई जनताले यतिबेला विश्वास गरेका छन् । त्यो विश्वास विधि बलियो बनाउनेतर्फ लागोस्,’ प्रचण्डले भने ।साथै, उनले आफैंले बनाएको संसद् स्थगित गरेर जनप्रतिनिधिलाई छलेर एकपछि अर्को अध्यादेशमार्फत शासन चलाउन खोज्नु लोकतन्त्रको भावना विपरीत भएको उनले बताए ।‘आफैंले बनाएको संसद् स्थगित गरेर जनप्रतिनिधिलाई छलेर एकपछि अर्को अध्यादेशमार्फत शासन चलाउन खोज्नु लोकतन्त्रको भावना विपरीत छ भन्ने कुरा हामी सबैले महसुस गर्नैपर्छ,’ उनले भने ।

प्रतिशोधनको गन्ध आउनेगरी धरपकड सुरु गरिएको भन्दै यो कुरा पद्धति र प्रणालीका लागि स्वीकार्य नहुने प्रचण्डको भनाइ छ ।‘जसरी प्रतिशोधनको गन्ध आउनेगरी धरपकड सुरु गर्नुभयो, सरकारको आलोचना गर्नेलाई थुन्ने काम गर्नुभयो यो लोकतान्त्रिक पद्धति र प्रणालीका लागि स्वीकार्य हुन सक्दैन,’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu