ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनतालाई विस्थापित गरेर लोकतन्त्रको ‘सर्भिसिङ’ हुँदैन, सरकारले सुकुम्बासी र निमुखा वर्गलाई विकासको वाधकको रुपमा नहेरोस्ः प्रचण्ड


एबीसी न्यूज
२९ बैशाख २०८३, मंगलबार   ३ : ५९   बजे

काठमाडौं, २९ वैशाख। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गरिब, सुकुम्बासी र निमुखा वर्गलाई विकासको वाधकका रूपमा नहेर्न सरकारलाई आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले गरिब र सुकुम्बासीलाई विकासको अवरोधक ठान्ने सरकारको दृष्टिकोण स्वीकार्य नहुने चेतावनी पनि दिनुभयो । उहाँले बिना योजना र पूर्वतयारी जबरजस्ती सुकुम्बासी बस्ती खाली गराउने कार्यले देशको मुहार नफेरिने भन्दै वैज्ञानिक र व्यवस्थित माध्यमबाट भूमीसम्बन्धी समस्याको हल गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानले आवास र गरिबको अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै राज्यको दायित्व उनीहरूको संरक्षण र व्यवस्थापन गर्नु भएको उल्लेख गर्नुभयो । सुकुम्बासी समस्या समाधानका लागि भूमिमाथिको स्वामित्व, जीविकोपार्जन र बसोबासको दीर्घकालीन ग्यारेन्टी आवश्यक रहेको उहाँको भनाइ छ । संयोजक दाहालले गरिब, मजदुर, किसान र निमुखा वर्गले गणतन्त्र स्थापनामा ठूलो योगदान दिएको भन्दै उनीहरूलाई न्याय दिनु सरकारको प्रमुख जिम्मेवारी भएको बताउनुभयो । उहाँले जनतालाई विस्थापित गरेर लोकतन्त्रको सुदृढीकरण सम्भव नहुने भन्दै पुनर्विचार गर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘म सरकारसँग आग्रह गर्न चाहान्छु, गरिबहरु समृद्धिका बाधक होइनन् । सुकुम्बासीहरु विकासका अवरोधक होइनन् । बिना कुनै योजना, बिना कुनै पूर्वजानकारी र तयारी जबरजस्ती बस्ती खाली गरेर देशको मुहार फेरिन्न । जसको कोही हुन्न उसको साहारा राज्य बन्नुपर्छ भनेर नै नेपाली जनताले लामो लडाइँ लडेर संविधानमा आवासको अधिकार र गरिबको अधिकार लेख्न सफल भएको हो । जबरजस्ती उठिबास होइन वैज्ञानिक र व्यवस्थित बाटोबाट भूमीमाथिको स्वामित्व, जिविकोपार्जन तथा बसोबासको ग्यारेन्टी गरेर मात्रै सुकुम्बासी समस्याको हल सम्भव छ । गणतन्त्र ल्याउन सबैभन्दा बढी योगदान गर्ने गरिब, मजदुर, किसान र निमुखा वर्गलाई न्याय दिने अब तपाईहरुको मुख्य जिम्मेवारी बन्नुपर्दछ । तीनिहरुलाई सताउने काम विल्कुल बन्द गर्नुपर्दछ । जनतालाई उठिबास लगाएर, बिचल्लि पारेर लोकतन्त्रको सर्भिसिङ हुनै सक्दैन । यसमा सरकारले पुर्नविचार गरोस् ।’ उहाँले जनतालाई उठिबास लगाएर लोकतन्त्रको सर्भिसिङ नहुने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group