ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपहरण आरोपमा श्रममन्त्रीका चालक पक्राउ


एबीसी न्यूज
२९ बैशाख २०८३, मंगलबार   ७ : ५७   बजे

काठमाडौं, २९ वैशाख । मधेस प्रदेशका श्रममन्त्री रामजी यादवका सवारी चालक मुस्तकिम मिया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका छन्।

पीडित राजकुमार चौधरीले दिएको जाहेरीका आधारमा महादेवा गाउँपालिका–१ घर भई राजविराज नगरपालिका–३ बस्दै आएका २७ वर्षीय मुस्तकिमलाई राजविराजबाट सोमबार पक्राउ गरिएको हो। प्रहरीले उनीमाथि अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिएका छन्। उनका अनुसार मियामाथि गत फागुन १४ गते चौधरीलाई बा ९९ प ५७७५ र अन्य नम्बर नखुलेको २ वटा दुई मोटरसाइकलमा अपहरण गरी बन्दुक देखाउँदै लुटपाट गरेको आरोप छ। प्रहरी अनुसन्धानका क्रममा मियाले पीडितलाई अपहरण गरी नग्न बनाएर कुटपिट गरेको खुलासा भएको छ।

जाहेरीमा उनीहरूले राजविराज–८ स्थित हिमालय राइस मिलको पछाडि पर्वत भन्ने स्थानमा लगेर शरीर बन्धक बनाई कुटपिट गर्दै नांगै बनाएर भुइँमा थुक्न लगाई चाट्न लगाएको आरोप लगाइएको छ। पक्राउ परेका मियालाई अदालतबाट सात दिनको म्याद लिई थुनामा राखेर थप अनुसन्धान अघि बढाइएको छ।मिया श्रममन्त्रीका सवारी चालकका रूपमा नियुक्त भए पनि आफूलाई ‘प्रमुख राजनीतिक सल्लाहाकार’ भन्दै परिचय दिँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group