ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावी वाचा सम्झिँदै : रास्वपा सांसदहरूको सम्पत्ति विवरण अझै सार्वजनिक भएन


एबीसी न्यूज
३० बैशाख २०८३, बुधबार   ८ : २१   बजे

काठमाडौं, ३० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी ले चुनावअघि सार्वजनिक पद सम्हाल्नुअघि नै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि अधिकांश सांसदहरूले अझै विवरण सार्वजनिक गरेका छैनन् ।

भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअनुसार सार्वजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । तर, चुनावअघि पारदर्शितालाई मुख्य एजेन्डा बनाएको रास्वपाका धेरै सांसदहरूले अझै उक्त विवरण संघीय संसद् सचिवालयमा पेश गरेका छैनन् ।

रास्वपाले २१ फागुनमा सार्वजनिक गरेको १०० बुँदे वाचापत्रको बुँदा नम्बर १६ मा सार्वजनिक पद सम्हाल्नुअघि नै आफ्नो सम्पत्ति विवरण पूर्ण रूपमा सार्वजनिक गर्ने उल्लेख गरेको थियो । साथै, कार्यकाल सकिएपछि आफ्नो र परिवारको सम्पत्तिमा आएको परिवर्तन स्वतन्त्र लेखा परीक्षणमार्फत जनतासामु ल्याउने प्रतिबद्धता पनि गरिएको थियो ।

तर, संघीय संसद् सचिवालयअन्तर्गत सांसद सुविधा शाखाका अनुसार हालसम्म केवल ५८ जना सांसदले मात्रै सम्पत्ति विवरण बुझाएका छन् । जबकि प्रतिनिधिसभामा रास्वपाका मात्रै १८२ सांसद रहेका छन् । अन्य दलका सांसदहरू समेत गरी ठूलो संख्या अझै विवरण बुझाउने प्रक्रियामा रहेका छन् ।

संसद् सचिवालयले सांसदहरूलाई आगामी जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन सूचना जारी गरिसकेको छ । कानुनअनुसार सार्वजनिक पदमा पुगेका व्यक्तिले आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको स्रोतसहित अद्यावधिक विवरण पेश गर्नुपर्ने व्यवस्था छ ।

पारदर्शिता, सुशासन र भ्रष्टाचारविरुद्धको नारासहित उदाएको रास्वपामाथि अहिले आफ्नै चुनावी वाचा कार्यान्वयन गर्ने दबाब बढेको छ । विपक्षी दलहरू मात्र होइन, सामाजिक सञ्जालमा समेत पार्टीको प्रतिबद्धता र व्यवहारबीच तुलना हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group