ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुग्यो


एबीसी न्यूज
३० बैशाख २०८३, बुधबार   १ : ३२   बजे


काठमाडौं, ३० वैशाख । धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ चैत मसान्तसम्म नेपालको धितोपत्र बजारमा उल्लेखनीय विस्तार देखिएको हो । अघिल्लो चैतमा धितोपत्र बजार पुँजीकरण पनि ४४ खर्ब २५ अर्ब पुगेको थियो । कुल गार्हस्थ्य उत्पादनसँग तुलना गर्दा बजार पुँजीकरणको अनुपात ७१।३८ प्रतिशतबाट बढेर ७३.२३ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड मा सूचीकृत कम्पनीहरूको संख्या २७० बाट बढेर २९४ पुगेको छ । तीमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १०३ जलविद्युत कम्पनी, २८ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका कम्पनी रहेका छन् ।

धितोपत्र बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरूको हिस्सा सबैभन्दा बढी ५०।२ प्रतिशत रहेको छ । त्यसपछि जलविद्युत कम्पनीहरूको हिस्सा १७।८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ८.८ प्रतिशत, लगानी कम्पनीको ७ प्रतिशत, व्यापारिक संस्थाको ४.४ प्रतिशत, होटल क्षेत्रको ३.३ प्रतिशत तथा अन्य समूहको ८.५ प्रतिशत हिस्सा रहेको छ ।
०८२ चैत मसान्तसम्म नेप्सेमा सूचीकृत ९ अर्ब ४८ करोड कित्ता शेयरको चुक्ता मूल्य ९३३ अर्ब ८९ करोड पुगेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा कुल १ खर्ब ३२ अर्ब ३६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । यसमध्ये ४५ अर्ब ५४ करोड बराबरको साधारण शेयर३९ अर्ब ८९ करोड बराबरको बोनस शेयर, ९ अर्ब ६४ करोड बराबरको हकप्रद शेयर २७ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड ३ अर्ब ४५ करोड बराबरको डिबेन्चर ९७ करोड १७ लाख बराबरको एफपीओ तथा २ करोड २९ लाख बराबरका अन्य धितोपत्र रहेका छन् ।

त्यसैगरी समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले कुल ४१ अर्ब ५३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले २७ अर्ब २३ करोड बराबरको म्युचुअल फण्ड, ९ अर्ब १२ करोड बराबरको साधारण शेयर, ४ अर्ब ९४ करोड बराबरको हकप्रद शेयर, २० करोड बराबरको डिबेन्चर तथा ५ करोड बराबरको एफपीओ निष्कासनका लागि स्वीकृति दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu