ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनिया राष्ट्रपति सीले ट्रम्पलाई सुनाएको ‘थुसिडाइड्स ट्र्याप’के हो ?


शुभशंकर कँडेल
१ जेष्ठ २०८३, शुक्रबार   ७ : २६   बजे

शुभशंकर कँडेल/काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जारी चीन भ्रमणका सन्दर्भको वार्तामा चिनिया राष्ट्रपति सी जिनपिंगले ‘थुसिडाइड्स ट्र्याप’ बारे चेतावनी दिएको अन्तराष्ट्रिय मिडियाको मुख्य हाइलाइट्स बनेको छ ।

बिहीबार बेइजिङमा संयुक्त राज्य अमेरिका र चीनका नेताहरूबीच भेटघाट हुँदा, सी जिनपिङको मानसपटलमा निकै पुरानो प्रतिस्पर्धाको याद ताजा बनेको हुनुपर्छ ।
चिनियाँ राष्ट्रपतिले प्राचीन विश्वको एउटा चेतावनीलाई उल्लेख गरे— दुई प्रमुख शक्तिहरु जतिबेला ग्रीक सहरहरू एथेन्स र स्पार्टा युद्धमा होमिएका थिए। उनले संयुक्त राज्य अमेरिका र चीनले आ–आफ्नो सम्बन्धमा ‘थुसिडाइड्स ट्र्याप’ बाट सावधान रहनुपर्ने भन्दै मिठासपूर्ण लवजमा खतरनाक चेतानी दिएको पश्चिमा मिडियाले लेखेका छन् ।
राष्ट्रपति ट्रम्पले ताइवानमाथि आफ्नो दाबी गरिरहेको चीनलाई रोक्ने प्रयास गरेमा बेइजिङ र वासिङ्टन ूअत्यन्तै खतरनाक स्थितिू मा पुग्न सक्ने चेतावनी दिँदै सीले पछिल्ला दशकहरूमा लोकप्रिय बनेको यो अवधारणा उद्धृत गरेका हुन् ।
के हो थुसिडाइड्स ट्र्याप ?
सीले उल्लेख गरेको यो ‘ट्र्याप'(पासो) को नाम प्राचीन एथेन्सका जनरल र इतिहासकार थुसिडाइड्स को नामबाट राखिएको हो। उनको ‘दोस्रो पेलोपोनेसियन युद्ध’ (ईसापूर्व ४३१ देखि ४०४ सम्म) को वर्णनलाई संसारको पहिलो लिखित सैन्य इतिहासहरूमध्ये एक मानिन्छ।
यसमा थुसिडाइड्सले तर्क गरेका छन् – एथेन्स र स्पार्टाबीचको युद्धको मुख्य कारण—एक स्थापित शक्तिमाथि शक्ति संचय गर्दै गरेको अर्को उदीयमान शक्तिले सिर्जना गरेको खतरा थियो। थुसिडाइड्सले लेखेका छन्, ‘एथेन्सको उदयले स्पार्टालाई त्रसित तुल्यायो र उनीहरूलाई युद्धका लागि बाध्य पार्यो।’
केही विद्वानहरूका लागि यो प्राचीन व्याख्याले त्यसपछिका लगभग हरेक प्रमुख विश्व द्वन्द्वको पूर्वसंकेत गरेको थियो। अन्तर्राष्ट्रिय सम्बन्ध सिद्धान्तकार ग्राहम एलिसनले सन् २०१० को दशकको सुरुतिर यसलाई ‘थुसिडाइड्स ट्र्याप’ अवधारणा बनाउँदै भूराजनीतिक प्रतिद्धन्द्धीताको बहसमा भित्र्याएका थिए ।
क्याम्ब्रिज विश्वविद्यालयका अध्येता ड्यानियल सटन भन्छन्, ‘यसको मुख्य धारणा के हो भने जब एक स्थापित ठूलो शक्तिसँग उदीयमान शक्तिको भेट हुन्छ, ती दुईबीचको द्वन्द्व अपरिहार्य नभए पनि सम्भावना युद्ध हुने बढी सम्भावना पक्कै रहन्छ।’
सीले ट्रम्पका अघि गरेको यो तुलनामा, शक्तिशाली बन्दै गरेको चीन ‘एथेन्स’ हो भने स्थापित शक्ति अमेरिका ‘स्पार्टा’ हो।
इतिहासको सबक
आफ्नो सिद्धान्त प्रमाणित गर्न प्रोफेसर एलिसनले इतिहासका त्यस्ताखाले १६ पटकका घटनाको विश्लेषण गरेका छन् । जहाँ उदीयमान शक्तिले स्थापित शक्तिलाई विस्थापित गर्ने खतरा पैदा गरेको थियो। उनको गणना अनुसार, ती १६ मध्ये १२ वटा प्रतिस्पर्धाहरु युद्धमा पुगेर मात्र टुङ्गिएका थिए।
एक दशकभन्दा बढी समयदेखि सी र उच्च तहका चिनियाँ कूटनीतिज्ञहरूले यस अवधारणालाई उठाउँदै आएका छन्। तर, उनीहरूले यसलाई एक ‘अपरिहार्य घटना’ भन्दा पनि ‘सतर्क रहनुपर्ने कथा’ को रूपमा प्रस्तुत गर्ने गरेका छन्। सन् २०१५ मा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको उपस्थितिमा न्यूयोर्क टाइम्सका अनुसार सीले भनेका थिए, ‘संसारमा थुसिडाइड्स ट्र्याप भन्ने कुनै चिज छैन (अर्थात् यो अनिवार्य छैन)।’
नयाँ दोबाटोमा विश्व
बिहीबार ‘ग्रेट हल अफ द पिपुल’ मा ट्रम्पको अगाडि बोल्दै सीले संसार नयाँ दोबाटोमा पुगेको बताएका छन् । उनले प्रश्न गरे, ‘के चीन र संयुक्त राज्य अमेरिकाले ‘थुसिडाइड्स ट्र्याप’ लाई पार गरेर ठूला शक्तिहरूबीचको सम्बन्धको नयाँ मोडल स्थापना गर्न सक्छन् ?
जर्मनीको बोन इन्टरनेशनल सेन्टर फर कन्फ्लिक्ट स्टडीजका विशेषज्ञ रायन स्वानका अनुसार, सीले बारम्बार यो शब्द प्रयोग गर्नुको अर्थ चीनलाई एक ‘जिम्मेवार ठूलो शक्ति’ को रूपमा प्रस्तुत गर्नु हो, जो अमेरिकासँग शान्तिपूर्ण रूपमा सहअस्तित्वमा रहन सक्छ।
सन् २०१२ मा आफ्नो कार्यभार सम्हालेदेखि सीले अमेरिकालाई चीनलाई समान रूपमा व्यवहार गर्न र आफ्नो ‘ब्याकयार्ड'(छिमेक) मा बेइजिङको विरोध नगर्न दबाब र चेतावनी दिँदै आएका छन्। चिनियाँ अधिकारीहरूका अनुसार यस्तो मान्यताले मात्र स्थिर सहअस्तित्व सम्भव हुन्छ।
स्वान थप्छन्, ‘चीनले थुसिडाइड्स ट्र्यापलाई भविष्यको भविष्यवाणी गर्ने मोडेलको रूपमा होइन, बरु सावधानी अपनाएर बेवास्ता गर्न सकिने र गरिनुपर्ने खतराको रूपमा हेर्छ।’
अहिले विश्वभर भूराजनीतिक अध्येताहरुका लागि थुसिडाइड्स ट्र्याप मुख्य विषय बनेको छ । यसबारेमा दर्जनौं पुस्तकसमेत लेखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन शुरु, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

सम्बन्धित

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु

अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group