ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कंगोमा इबोला फैलिएपछि विश्व स्वास्थ्य संगठनले गर्‍यो अन्तर्राष्ट्रिय संकटकाल घोषणा


एबीसी न्यूज
४ जेष्ठ २०८३, सोमबार   ७ : ३४   बजे

काठमाडौं, ४ जेठ । विश्व स्वास्थ्य संगठनले कंगो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ।कुनै स्वीकृत खोप वा उपचार नभएको एक दुर्लभ प्रजाति पहिचान गरिएको भन्दै संगठनले सो भाइरस व्यापक रूपमा फैलिरहेको हुन सक्ने चेतावनी दिएको छ।

बुन्दिबुग्यो इबोला भाइरसका कारण फैलिएको यो प्रकोपले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरू अन्तर्गत उच्च सतर्कताको तह पार गरेको संगठनले आइतबार जनाएको छ। सीमापार संक्रमण, कारण खुल्न नसकेका सामूहिक मृत्युका घटनाहरू र महामारीको आकारबारे व्याप्त ठूलो अनिश्चितताका कारण यो कदम चालिएको हो।

यो घोषणा युगान्डाको राजधानी काम्पाला र कंगोको करिब २ करोड जनसंख्या भएको विशाल राजधानी किन्शासामा इबोलाका संक्रमितहरू पुष्टि भएपछि गरिएको हो। यसले भाइरस सुरुमा पहिचान गरिएको दुर्गम खानी क्षेत्रभन्दा बाहिर फैलिसकेको पुष्टि गर्दछ।

ुयो घटनालाई असाधारण मानिएको छ,ु डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले घोषणामा भनेका छन्। उनले बुन्दिबुग्यो(विशिष्ट स्वीकृत खोप वा उपचारको अभाव, पूर्वी कंगोमा जारी असुरक्षा र प्रकोप आधिकारिक गणनाभन्दा धेरै ठूलो हुन सक्ने प्रमाणहरूलाई यसको कारणका रूपमा उल्लेख गरे।

अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार, मे १६ सम्ममा कंगोको इटुरी प्रान्तमा प्रयोगशालाबाट प्रमाणित ८ वटा, शंकास्पद ३३६ वटा संक्रमण र ८७ वटा शंकास्पद मृत्युका घटनाका विवरणहरू आएका छन्। युगान्डाले कंगोबाट आएका यात्रुहरूमध्ये काम्पालामा एक मृत्युसहित दुईवटा संक्रमणको पुष्टि गरेको छ। यो प्रकोप पहिचान हुनुअघि नै हप्तौंसम्म थाहा नपाई फैलिएको हुन सक्ने अनुमान गरिएको छ। प्रारम्भिक परीक्षणमा विभिन्न क्षेत्रहरूबाट संकलन गरिएका १३ वटा नमुनामध्ये ८ वटामा इबोला पोजेटिभ देखिएको थियो भने इटुरी र छिमेकी उत्तर किभु प्रान्तमा थप अस्पष्ट मृत्यु र शंकास्पद बिरामीहरू फेला परेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu