काठमाडौं, २६ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।
उपराष्ट्रपति पुनले स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पु-याउने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्ने दायित्व सरकारको भएको पनि स्मरण गराउनुभयो ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारी अस्पतालमा गुणस्तरीय सेवा उपलब्ध गराउने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुभयो । उपराष्ट्रपति पुनले निजी अस्पतालमा आम नागरिकको पहुँच वृद्धि गर्ने वातावरण बनाउन ढिलाई गर्न नहुनेमा पनि जोड दिनुभयो ।
उपराष्ट्रपति पुनले काठमाडौं उपत्यकाको पुरातात्विक महत्वको सम्पदाहरुको पुनर्निर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँले काठमाडौं उपत्यकालाई सफा र सुन्दर बनाउने दायित्व सबैको भएको पनि स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्