ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानी र विद्युत महशुल छुटको माग राखेर प्रदर्शन (तस्बिरसहित)


एबीसी न्यूज
६ जेष्ठ २०८३, बुधबार   १ : ०१   बजे

काठमाडौं ६ जेष्ठ । खानेपानीमा लगाइएको कर खारेज गर्न तथा विद्युत महशुल छुट दिन माग गर्दै उपभोक्ताहरुले माईतीघरमा प्रदर्शन गरेका छन् । 
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल (फेडवासन)का नेतृत्वमा बुधवार प्रदर्शन गरिएको हो । महासंघले खानेपानी उपभोक्ता समितिहरुमाथि कर लगाउने सरकारी निर्णय फिर्ता लिन, विद्युत महशुलमा सहुलियत उपलब्ध गराउन तथा अधुरा खानेपानी योजनालाई पर्याप्त बजेट विनियोजन गरी सम्पन्न गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष राजेन्द्र अर्यालले सामुदायिक तथा गैरनाफामूलक संस्थाका रूपमा सेवा दिँदै आएका देशभरका ४६ हजार खानेपानी उपभोक्ता समितिमाथी सरकारले कर लगाएको बताउनु भयो । यस्ता संस्थामाथि २५ प्रतिशत कर लगाएर उपभोक्ता समितिलाई आर्थिक रूपमा धराशायी बनाउन नहुने उहाँको भनाई छ । उहाँकाअनुसार उपभोक्ता समितिले नाफा कमाउँदैनन्, लाभांश बाँड्दैनन् । मर्मत, सम्भार र आयोजना विस्तारका लागि संकलित रकममै कर लगाउँदा संस्था सञ्चालन गर्न कठिन हुने उहाँले बताउनु भयो । उहाँले विद्युत महशुलमा सहुलियत उपलब्ध गराएमा उपभोक्ताले सस्तो दरमा खानेपानी सेवा पाउने बताउनु भयो । उहाँले सरकारले खानेपानी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । नयाँ सरकार गठनपछि खानेपानी मन्त्रालयलाई शहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार मन्त्रालयसँग गाभेर पूर्वाधार विकास मन्त्रालय बनाइएकाले खानेपानी तथा सरसफाइ क्षेत्र ओझेलमा पर्ने चिन्ता व्यक्त गर्नुभयो । उहाँले छुट्टै मन्त्रालय कायम भएमा दीर्घकालीन योजना कार्यान्वयन प्रभावकारी हुने बताउनु भयो । उहाँले अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगर्दा धेरै खानेपानी योजना अधुरै रहेको दाबी गर्दै आगामी बजेटमार्फत ती योजनालाई पूर्णता दिन माग गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘भर्खरै नयाँ सरकार आइसकेपछि खानेपानी मन्त्रालयलाई शहरी विकास मन्त्रालय र भौतिक तथा पुर्धाधार मन्त्रालयलाई एकिकृत गरेर पूर्वाधार विकास मन्त्रालय गठन गरिएको छ । अब ठूला परियोजना हेर्दा खानेपानी र सरसफाईको सेक्टर अलि छायाँमा पर्छ की भन्ने चिन्ता पनि छ । खानेपानी र सरसफाई मन्त्रालय छुट्टै भएमा अझै दीर्घकालिन काम गर्न सकिन्थ्यो । देशभर ४६ हजार खानेपानी उपभोक्ता समिति छ, उपभोक्ता समितिहरुले सामुदायिक संस्थाको रुपमा मुनाफारहित ढंगले काम गरेका छन् । खानेपानीमा सरकारले २५ प्रतिशत कर लगाउने दृष्टता गरिरहेको छ । मुनाफारहित संस्थाले नाफा कमाउँदैन, लाभांश बाँड्दैन । खानेपानी उपभोक्ता समितिमा रहेको रकम भवितव्य पर्दा काम लाग्छ, मर्मतसम्भार, आयोजना विस्तार लगायतका कामका लागी राखेको पैसामा सरकारले कर लिएर संस्थाहरुलाई धरासायी बनाउन खोजिरहेको अवस्था छ । खानेपानीमा कर छुट हुुनुपर्छ भनेर देशभरीबाट आवाज उठेको छ । यहाँ देशभरबाट हजारौँको संख्यामा साथीहरु आउनुभएको छ । विद्युत्मा पनि ठुलो लगानी हुन्छ । विद्युत महसुल छुट दियो भने उपभोक्ताले सस्तोमा पानी पाउन सक्छन् । विधुत महसुलमा पनि छुट दिनुपर्छ । खानेपानीलाई सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्छ । खानेपानी योजनाहरु अधुरा छन्, बजेट विनियोजन गरिएको छ तर अर्थमन्त्रालयले स्रोत सुनिश्चिता गरेको छैन । अधुरा रहेका योजनाहरुलाई पुर्णता हुनेगरि राज्यले आगामी बजेटमा पुर्ण रुपमा बजेट छुट्याउनुपर्छ ।’ 
शंखनगर खानेपानी उपभोक्ता समितिका अध्यक्ष झविन्द्र भण्डारीले सरकारविरुद्ध नभई खानेपानीमा लगाइएको कर र विद्युत महशुल छुटको माग राख्न आफूहरु सडकमा उत्रिएको बताउनुभयो । उहाँले उपभोक्ता समितिमाथि कर लगाउने निर्णय अत्यन्त निन्दनीय भएको टिप्पणी गर्दै अघिल्ला सरकारले आफ्ना माग बेवास्ता गरेको गुनासो गर्नुभयो । 
प्रदर्शनमा सहभागीहरुले सन् २०३० भित्र सबै नागरिकमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्न, साना खानेपानी योजनालाई एकीकृत गरी बृहत आयोजना सञ्चालन गर्न, उपभोक्ताको अधिकार संरक्षण गर्न तथा खोला, कुला, पोखरी संरक्षण र वृक्षारोपणमा सरकारको ध्यानाकर्षण गराएका छन् । २०६० सालमा स्थापना भएको महासंघ देशभरका करिव ४५ हजार खानेपानी उपभोक्ता समितिहरुको छाता संगठन हो । महासंघले उपभोक्तामैत्री कानून निर्माणको लागी सरकारसँग पैरवी गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group