ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेंगलुरु प्रहरीद्वारा ‘ककरोच जनता पार्टी’को प्रदर्शनमा रोक


एबीसी न्यूज
९ जेष्ठ २०८३, शनिबार   ८ : १९   बजे

काठमाडौं, ९ जेठ । बेंगलुरु प्रहरीले शुक्रबार सहरको टाउन हल नजिकै ‘शान्तिपूर्ण मानव साङ्लो’ प्रदर्शनका लागि भेला नहुन चेतावनी दिएको छ।

सोसल मिडियामा ‘ककरोच जनता पार्टी कर्नाटक’ नामक एक व्यंग्यात्मक अनलाइन समूहले यस्तो प्रदर्शनको निम्तो दिने पोस्टर फैलाएपछि प्रहरीले उक्त कदम चालेको हो।

उक्त पोस्टरमा समूहले आइतबार टाउन हलमा भेला हुन आह्वान गरेको थियो। पोस्टरमा लेखिएको छ, “सबै ककरोच (साङ्ला) हरू र ककरोच जन्ता पार्टीका समर्थकहरू, आफ्नो शक्ति प्रदर्शन गर्न र भ्रममा रहेको प्रशासनलाई सन्देश दिन हामीसँग जोडिनुहोस्।” यसमा “अब केवल अनलाइन होइन, सडकमा शक्ति देखाउने समय आएको छ” भन्ने नारा पनि समावेश थियो।

यो जानकारी बाहिरिएलगत्तै बेंगलुरु सहर प्रहरीले एक विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शनका लागि कसैले पनि अनुमति नलिएको र ग्रेटर बेंगलुरु प्राधिकरणसँग पनि अनुमति नमागिएको स्पष्ट पारेको छ।

प्रहरीका अनुसार, उच्च अदालतको आदेशबमोजिम प्रदर्शनहरू केवल ‘फ्रीडम पार्क’ मा मात्र गर्न पाइने भएकाले सडकमा यस्तो प्रदर्शन गर्न निषेध गरिएको छ।

बेंगलुरु प्रहरीले भनेको छ, “सर्वसाधारणलाई फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र एक्स (ट्विटर) जस्ता सामाजिक सञ्जालहरूमा उक्त सन्देश नफैलाउन वा सेयर नगर्न तथा टाउन हल नजिक भेला नहुन सल्लाह दिइन्छ।”

पोस्टरमा साङ्लाहरूले “नम्मा हक्कु” (हाम्रो अधिकार) लेखिएको प्लेकार्ड बोकेर विधान सौधातर्फ हिँडिरहेको तस्बिर प्रयोग गरिएको थियो। त्यसमा “आउनुहोस् साङ्लाहरू, एउटा सन्देश पठाऔँ। यहाँ कुनै नेता छैनन्; हामी आफैँ हाम्रा नेता हौँ। यहाँ कुनै संगठन छैन; नागरिकहरू एक हुनु नै आफैँमा एक संगठन हो,” भनिएको छ।

उल्लेखनीय छ कि, ‘ककरोच जन्ता पार्टी’ आम आदमी पार्टीका पूर्व राजनीतिक रणनीतिकार अभिजित दिपकेद्वारा १६ मे मा सुरु गरिएको एक व्यंग्यात्मक राजनीतिक आन्दोलन हो। यो मञ्च भारतका प्रधानन्यायाधीश सूर्यकान्तले युवा बेरोजगार भारतीयहरूलाई “साङ्ला” भनेको भनी आएको टिप्पणीको प्रतिक्रियास्वरूप सुरु गरिएको थियो। यद्यपि, पछि प्रधानन्यायाधीशले सञ्चारमाध्यमले आफूलाई “गलत उद्धृत” गरेको भन्दै स्पष्टीकरण दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिञ्जा उपत्यकामा नेपाल टेलिकमको फोर–जी सेवा

रास्वपा केन्द्रीय समिति बैठक सुरु, स्थानीय निर्वाचनको तयारीदेखि ‘राइट टु रिकल’सम्म एजेन्डा

सम्बन्धित

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu