ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ह्वाइट हाउस नजिकै गोली चल्यो, एक संदिग्ध प्रहरीको जवाफी कारबाहीमा मारिए


एबीसी न्यूज
१० जेष्ठ २०८३, आइतबार   ८ : ०७   बजे

काठमाडौं, १० जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै रहेका बेला शनिबार साँझ ह्वाइट हाउस नजिकैको सुरक्षा जाँच चौकीमा गोली चलेको छ । उक्त घटनामा एक संदिग्धको प्रहरीको जवाफी कारबाहीमा मृत्यु भएको छ ।

अमेरिकी गोप्य सुरक्षा निकाय सिक्रेट सर्भिसका अनुसार एक व्यक्ति ह्वाइट हाउस नजिक १७ औं स्ट्रिट र पेन्सिल्भेनिया एभिन्युस्थित सुरक्षा जाँच चौकीमा पुगेका थिए । उनले आफ्नो झोलाबाट बन्दुक निकालेर सुरक्षाकर्मीमाथि गोली चलाउन थालेपछि प्रहरीले जवाफी फायर गरेको थियो ।

सिक्रेट सर्भिसले जारी गरेको विज्ञप्तिअनुसार गोली लागेर घाइते भएका संदिग्धलाई अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो ।

घटनाका क्रममा एक सर्वसाधारण पनि गोली लागेर घाइते भएका छन् । तर उनलाई लागेको गोली कसले चलाएको थियो भन्ने अझ स्पष्ट नभएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । घाइतेको अवस्था पनि खुलाइएको छैन ।

रोयटर्ससँग कुरा गर्दै एक कानून कार्यान्वयन अधिकारीले ती संदिग्ध मानसिक रूपमा अस्थिर व्यक्ति रहेको बताएका छन् । उनका अनुसार ती व्यक्तिविरुद्ध यसअघि ‘स्टे(अवे अर्डर’ अर्थात् निश्चित क्षेत्र नजिक नजान आदेशसमेत जारी गरिएको थियो ।

घटनामा कुनै पनि सुरक्षाकर्मी घाइते नभएको सिक्रेट सर्भिसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu