ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुकुम्बासी बस्तीको अवशेषमाथि ‘विकास’ कि ‘व्यवस्थापनसहितको विकास’ (फोटो फिचर)


एबीसी न्यूज
१४ जेष्ठ २०८३, बिहिबार   ३ : १०   बजे

सरकारले काठमाडौं उपत्यकाका थापाथलीसहितका विभिन्न क्षेत्रमा अनधिकृत रुपमा बस्दै आएका अव्यवस्थित बसोवासीहरुको घर टहरा भत्काएको महिना दिन बितिसक्यो ।

वागमती नदी किनारका अव्यवस्थित संरचनाहरू हटाएपछि उक्त क्षेत्र हाल बगरमा परिणत भएको छ । वर्षौंदेखि सुकुम्बासी बस्तीका रूपमा रहेको सो स्थानमा डोजर चलाइएपछि अहिले त्यहाँ भत्किएका संरचनाका अवशेषहरू मात्र बाँकी देखिन्छन् । बस्ती हटाइएको लामो समय बितिसक्दा पनि उक्त क्षेत्रको उचित व्यवस्थापन हुन सकेको छैन ।

एकातिर सरकार वागमती नदीको बहावलाई सहज बनाउँदै नदी किनारलाई सौन्दर्यकरण गर्ने योजनामा छ भने अर्कोतिर विस्थापित भएका बासिन्दाहरूको उचित पुनस्र्थापना र व्यवस्थापनको विषय अझै अन्योलमा छ । हाल थापाथली क्षेत्र उजाड र अस्तव्यस्त अवस्थामा छ । कुनै समय बाक्लो मानव बस्ती रहेको यो ठाउँमा अहिले भत्किएका भित्ता, इँटाका टुक्रा र पुराना लुगाफाटाका अवशेषहरू छरपस्ट छन् । विकासका नाममा बस्ती खाली गराइए पनि त्यसको ठाउँमा ठोस संरचना निर्माण वा सौन्दर्यकरणको कामले गति लिन नसक्दा यो क्षेत्र केवल भग्नावशेषको थुप्रो जस्तो देखिन पुगेको छ । नदी किनारलाई अतिक्रमणमुक्त बनाउने सरकारी अभियानले निरन्तरता पाए पनि दीर्घकालीन व्यवस्थापनको ठोस खाका नहुँदा थापाथलीको यो दृश्यले विकास र व्यवस्थापनबीचको द्वन्द्वलाई छर्लङ्ग पारेको छ । नदी किनारको यो अवस्थाले ‘विकासका लागि विस्थापन’ कि ‘व्यवस्थापनसहितको विकास’ भन्ने गम्भीर प्रश्न उब्जाएको छ ।

सरकारले बगर मात्र खाली गरेका होइन, वागमती कोरिडोर सफा गरेर काठमाडौंलाई सुगम पनि बनाउँदै छ । तर यसले सिर्जना गरेको आवास संकट र उठीबासको मानवीय घाउ धेरै समयसम्म दुखिरहनेछ । 

सरकारले वागमती नदी कोरिडोर अन्तर्गत थापाथली, गैरीगाउँ, मनोहरा, बालाजु लगायतका क्षेत्रका अनधिकृत संरचना र सुकुम्बासी बस्तीमा डोजर चलाएको महिना पुगिसकेको छ । अहिले त्यहाँ कुनै बेला हजारौँ मानिसको कोलाहल चल्ने टहराहरू छैनन्, केवल इँटाका टुक्रा, ढुङ्गा, र माटोको विशाल रास छ । नदी किनार अहिले एउटा उजाड बगरमा परिणत भएको छ । कताकता बिजुलीका पुराना पोल र खुला आकाशमुनि लथालिङ्ग कपडाहरू देखिन्छन्, जसले यहाँ कहिल्यै नमेटिने मानव बस्ती थियो भन्ने कुराको साक्षी दिन्छन् । 

सबैभन्दा बिझाउने मानवीय पाटो बगरको किनारमा भेटिएका केही सामानहरू हुन् । बगिरहेको धमिलो वागमती नदीको किनारमा एउटा पुरानो च्यातिएको डसना र नजिकै राखिएको एउटा कालो पुरानो साइकल देखिन्छ । विवरण संकलनका लागि पुगेका बाहेक घरटहरा भत्किएपछि केही नागरिक कता बसाइँ सरे, उनीहरू कसरी रात कटाइरहेका छन् भन्ने कुनै सरकारी तथ्याङ्क छैन । यो दृश्यले राज्यको विकास नीति कति निर्मम छ र गरिबको आवास अधिकार कसरी नामेट पारिएको छ भन्ने गम्भीर प्रश्न खडा गर्दछ । 

यस उजाड बगरको बीचमा एउटा विरोधाभासपूर्ण दृश्य देखिन्छ—‘श्री शिवशक्ति काली मन्दिर’ । तीन तलाको सुनौलो छानो भएको यो आकर्षक देवालय भग्नावशेषको बीचमा ठिङ्ग उभिएको छ । महानगरको डोजरले वरपरका सम्पूर्ण निजी कुटीहरू भत्काए पनि यो देवालयलाई भने यथावत छोडिएको छ । मन्दिरको छेउमा एउटा कुकुर बफादार रक्षक झैँ शान्त बसेको छ । वरपर डोजरको कोलाहल चलिरहँदा पनि यो धार्मिक आस्थाको केन्द्र र कुकुरको बसाइले उजाड ठाउँमा पनि आशाको मधुरो प्रकाश फैलिरहेको भान हुन्छ ।

वागमती कोरिडोर सम्याउने काम तिब्र गतिमा चलिरहेको छ । डोजरहरु  दिनभरि भग्नावशेष सम्याउन र धुलो उडाउन व्यस्त देखिन्छन् । कोइलाको कालो प्रदुषित धुवाँ ओकल्दै बगरमा दौडिरहेका यी पुराना यन्त्रहरूले काठमाडौंलाई सुगम र कोरिडोरलाई फराकिलो बनाउन काम गरिरहेका छन् । ठाउँ–ठाउँमा मजदुरहरू र सरकारका पदाधिकारीहरू नाप–नक्शा लिइरहेको पनि देख्न सकिन्छ ।

भत्काइएका संरचनाको अवशेषमाथि स्थानीय र केही विपन्न मजदुरहरूले अनौपचारिक रोजगारी भेटेका छन् । कतिपय महिला तथा युवाहरू ठूला–ठूला फलाम काट्ने कटरहरू बोकेर कङ्क्रिटभित्र दबिएका फलामका रडहरू संकलन गरिरहेका छन् । उनीहरूले यसरी संकलन गरेका रडहरू कवाडीमा विक्री गरेर छाक टार्ने गर्छन् । टाउकोमा ठूला थुन्से र बोरा बोकेर सामान संकलन गरिरहेका मानिसहरूको यो दृश्यले काठमाडौंको विपन्न समाजको बाध्यात्मक जीवनस्तर र अनपेक्षित कवाडी बजारको अस्तित्वलाई छर्लङ्ग पार्दछ । बस्ती हटेपछि वागमती केही मात्रामा फराकिलो देखिए पनि नदीको रूप अझै कालो, फोहोर र अमिलो छ । नदीभित्र थुप्रिएको ढल, प्लास्टिकको फोहोर र बगरमा खनिएको माटोले गर्दा नदी झनै प्रदुषित हुने खतरा बढेको छ । नदीको पारिपट्टि ठडिएका आधुनिक भवनहरू र ‘नर्भिक इन्टरनेसनल अस्पताल’ बगरको धुलो र फोहोरको बीचमा ठडिए झैँ देखिन्छन् । नदी किनार सफा गरेर कङ्क्रिटको पर्खाल मात्र हाल्ने कि हरियाली पार्क पनि बनाउने भन्ने चुनौती सरकार र अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति समक्ष तेर्सिएको छ । 

नदी किनार ढलान गरेर चौडा कोरिडोर बनाउनु शहरी ट्राफिक र सौन्दर्यीकरणका निम्ति सुखद् हो, तर दशकौंदेखि बसेका विपन्नहरूलाई कुनै विकल्प वा पुनस्र्थापना बिना यसरी उजाड बगरमा छोड्नुले मानव अधिकार र सामाजिक सुरक्षाको गम्भीर दायित्वलाई ओझेलमा पार्दछ ।–न्युज एजेन्सी नेपाल

तस्बिरहरुः न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group