ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सार वृद्धि प्रभावः सुन तोलामा २० हजार ५ सय रुपैयाँ महँगियो


एबीसी न्यूज
१७ जेष्ठ २०८३, आइतबार   १२ : २२   बजे

काठमाडौं १७ जेष्ठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन तथा चाँदीमा लाग्ने भन्सार महशुल बढाएपछि नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा २० हजार ५ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आईतवार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ कायम गरिएको छ । शुक्रवार सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रवार सरकारले बजेटमार्फत सुनमा लाग्ने भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पु¥याएको थियो । चाँदीको मूल्यमा पनि भन्सार वृद्धिको प्रभाव देखिएको छ । शुक्रवार प्रतितोला ५ हजार ४० रुपैयाँ रहेको चाँदी आईतवार ३०५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँ पुगेको छ । यसअघि शुक्रवार नै सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको थियो । भन्सार दर वृद्धिसँगै सुन तथा चाँदीको कारोबार थप महँगो बनेको व्यवसायीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा आईतवार सुनको मूल्य प्रतिऔंस ४,५३९.७६ अमेरिकी डलर र चाँदीको मूल्य प्रतिऔंस ७५.२९ अमेरिकी डलर रहेको छ । सुनचाँदीको आयात लागत बढेकाले आगामी दिनमा पनि घरेलु बजारमा मूल्य उच्च रहने सम्भावना छ । महासंघका उपाध्यक्ष दियेशरत्न शाक्यले भन्सार वृद्धिका कारण सुनको मूल्य उल्लेख्य रूपमा बढेको बताउनु भयो । उहाँका अनुसार आइतबार विनिमय दर केही घटेकाले मूल्य अझ बढी नबढेको हो । आगामी दिनमा थप बढ्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group