ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको ‘विरोधाभासपूर्ण’ मागका कारण शान्ति वार्ता लम्बिँदैः इरान


एबीसी न्यूज
२० जेष्ठ २०८३, बुधबार   ८ : ५८   बजे

काठमाडौं २० जेष्ठ । रानको विदेश मन्त्रालयले अमेरिकाको नयाँ र विरोधाभासपूर्ण मागहरूका कारण युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रक्रिया लम्बिँदै गएको बताएको छ । साप्ताहिक पत्रकार सम्मेलनमा इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकी अडानमा देखिएको अस्थिरताका कारण वार्ता निष्कर्षमा पुग्न ढिलाइ भएको जानकारी दिनुभयो । 
उहाँले भन्नुभयो, ‘अर्को पक्षले निरन्तर आफ्नो धारणा परिवर्तन गर्ने, नयाँ र विरोधाभासपूर्ण मागहरू राख्ने तथा सञ्चारमाध्यममार्फत बाझिने खालका सन्देशहरू प्रवाह गरिरहेको अवस्थामा वार्ता प्रक्रिया लम्बिनु स्वभाविक हो ।’
प्रवक्ता बाघेईले लेबनानमा युद्धविरामको विषय कुनैपनि अन्तिम शान्ति सम्झौताको ’अपरिहार्य’ हिस्सा भएको समेत स्पष्ट पार्नुभयो । इरान र अमेरिकाबीच ४० दिनको युद्धपछि गत अप्रिल ८ मा युद्धविराम भएको थियो । त्यसपश्चात अप्रिल ११ र १२ मा पाकिस्तानको इस्लामावादमा पहिलो चरणको शान्ति वार्ता भएपनि त्यसले कुनै ठोस नतिजा निकाल्न सकेको थिएन । विगतका केही हप्तादेखि दुवै पक्षले पाकिस्तानको मध्यस्थतामा शान्तिका सर्तहरू समेटिएका विभिन्न प्रस्तावित योजनाहरू आदानप्रदान गरिरहेका थिए । उनीहरू युद्ध अन्त्यका लागि एक समझदारी पत्रलाई अन्तिम रूप दिने प्रयासमा रहेका छन् । यद्यपि लेबनानमा इजरायली सैन्य गतिविधिलाई लिएर इरानले अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको सन्देश आदानप्रदान प्रक्रिया तत्कालका लागि स्थगित गरेको इरानको अर्ध–सरकारी समाचार संस्था ‘तस्निम’ ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको ‘गैरदलीय स्थानीय सरकार’ अवधारणामाथि प्रश्न : उम्मेदवार बन्न पार्टी सदस्यता किन?

मेलानोमाविरुद्ध व्यक्तिगत क्यान्सर खोपको परीक्षणमा उत्साहजनक नतिजा

सम्बन्धित

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu