ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रलोपाद्वारा बाबुराम भट्टराईको टिप्पणीप्रति खेद, बालेन्द्रको अभिव्यक्तिमा पनि आपत्ति


एबीसी न्यूज
२१ जेष्ठ २०८३, बिहिबार   ५ : ४८   बजे

काठमाडौं, – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पार्टीका पूर्व संरक्षक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्वमाथि गरेको टिप्पणीप्रति गम्भीर आपत्ति जनाउँदै खेद व्यक्त गरेको छ ।

जेठ १६ र १७ गते बसेको सचिवालयको विस्तारित बैठकले डा. भट्टराईका सार्वजनिक अभिव्यक्तिलाई ‘अराजनीतिक एवम् स्तरहीन’ ठहर गर्दै खेद प्रस्ताव पारित गरेको हो। पार्टी अध्यक्ष सन्तोष परियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “डा. बाबुराम भट्टराईले आफू सांगठनिक कार्यमा सहभागी नहुने जानकारी गराएपछि पार्टीले ससम्मान बिदाइ गरेको थियो। तर, आफू संलग्न नरहेको पार्टी नेतृत्वमाथि गरिएको अराजनीतिक टिप्पणीप्रति हामी दु:ख व्यक्त गर्दछौँ।”

चुनावी पराजयपछि आन्तरिक किचलोमा फसेको प्रलोपामा केही समयअघि सुदन किराती, दुर्गा सोव र ओजस्वी भट्टराईले जिम्मेवारी छोडेपछि सन्तोष परियार एकल अध्यक्षमा चुनिएका थिए। परियारको उक्त चयनलाई डा. भट्टराईले सार्वजनिक रूपमा ‘किर्ते’ र ‘ठगी’ को संज्ञा दिएपछि दुई पक्षबीच विवाद उत्कर्षमा पुगेको हो।

प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिमाथि पनि असन्तुष्टि यसैगरी, पार्टीले प्रधानमन्त्री बालेन्द्र साहको पछिल्लो सीमासम्बन्धी अभिव्यक्तिप्रति पनि गम्भीर आपत्ति जनाएको छ। राष्ट्रिय महत्त्वका संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको भन्दै पार्टीले खेद व्यक्त गरेको छ।

वामपन्थी शक्तिसँग ध्रुवीकरणको पहल आन्तरिक विवाद र चुनावी असफलताबाट पाठ सिक्दै प्रलोपाले अब विभिन्न वामपन्थी तथा प्रगतिशील शक्तिहरूसँग एकता र ध्रुवीकरणका लागि पहल गर्ने निर्णय गरेको छ। सो प्रयोजनका लागि अध्यक्ष सन्तोष परियारको नेतृत्वमा जनार्दन शर्मा, राम कार्की, डा. जनक शाह, कृष्णा केसी र जटिल कार्की सम्मिलित ‘राजनीतिक संवाद समिति’ गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group