ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियाको स्थानीय निर्वाचनमा सत्तारुढ दलको शानदार जित


एबीसी न्यूज
२२ जेष्ठ २०८३, शुक्रबार   ९ : ४६   बजे

काठमाडौं २२ जेष्ठ । दक्षिण कोरियामा हालै सम्पन्न स्थानीय निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीले भारी बहुमतका साथ शानदार विजय हासिल गरेको छ । निर्वाचन आयोगद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार डेमोक्रेटिक पार्टीले देशभरका अधिकांश स्थानमा आफ्नो वर्चस्व कायम गरेको हो । बिहीवार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार १६ महानगर प्रमुख तथा प्रान्तीय गभर्नरका पदहरूमध्ये डेमोक्रेटिक पार्टीले १२ स्थानमा जित दर्ता गरेको छ । विजयी क्षेत्रहरूमा गेओङ्गी प्रान्त, पश्चिम बन्दरगाह शहर इनचोन, दक्षिण–पूर्वी शहर बुसानका साथै लिबरलहरूको गढ मानिने दक्षिण र उत्तर जेओला प्रान्तहरू रहेका छन् । 
अर्कोतर्फ, मुख्य विपक्षी कन्जरभेटिभ दल पिपुल पावर पार्टीले राजधानी सोल, दक्षिण–पूर्वी शहर डेगु तथा दक्षिण र उत्तर ग्योङसाङ प्रान्तसहित ४ स्थानमा मात्र जित निकाल्न सफल भएको छ ।यसैगरी, १४ संसदीय क्षेत्रका लागि भएको उपनिर्वाचनमा डेमोक्रेटिक पार्टीले ९ सिट जितेको छ भने पिपुल पावर पार्टीले ४ सिटमा विजय प्राप्त गरेको छ । बुसानको एक क्षेत्रमा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । 
दोस्रो वर्षमा प्रवेश गरेको राष्ट्रपति ली जे–म्युङ नेतृत्वको सरकारका लागि यस स्थानीय निर्वाचनलाई एक प्रकारको जनमत सङ्ग्रहको रूपमा हेरिएको थियो । राष्ट्रपतिको उच्च लोकप्रियताका कारण डेमोक्रेटिक पार्टीले प्रत्येक चार वर्षमा हुने यस निर्वाचनमा देशव्यापी पकड जमाउन सफल भएको विश्लेषण गरिएको छ । रियलमिटरले गरेको हालैको सर्वेक्षणअनुसार राष्ट्रपति लीको लोकप्रियता करिव ६० प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu