संखुवासभा, २७ चैत । संखुवासभामा छुट्टाछुट्टै भएको घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको चिचिला गाउँपालिका र सभापोखरी गाउँपालिकाको धुपुमा सोमबार साँझ भएको घटनामा दुई जनाको मृत्यु भएको हो ।
सोमबार साँझ ६ बजेको समयमा जिल्लाको सभापोखरी गाउपालिका वडा नं.२ धुपु गोठगाउँ बस्ने वर्ष ६५ की रत्न कुमारी राई काभ्रोको रुखबाट लडी घाईते भई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी ल्याउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी गए राति ९ : ३० बजे चिचिला गाउँपालिका वडा नं-४ डाँडागाँऊ बस्ने शान्ती राईको १६ वर्षिय छोरा सूर्य राईले मोवाइल चार्जमै रहेको अवस्थामा भिडियो हेरिरहेको अवस्थामा अचानक चट्याङ पर्दा करेन्ट प्रवाह भै मुत्यु भएको छ । घाइते अवस्थामा रहेका राईलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकीमा लाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको लास पोसमार्टमको लागि जिल्ला अस्पताल खाँदवारीमा ल्याईएको र पोष्टमाटम पछि आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रनाउ सन्तोष खडकाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्