ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भियतनाममा १२ लाख भन्दा बढी विद्यार्थी राष्ट्रिय उच्च माध्यामिक परीक्षामा सम्मिलित


एबीसी न्यूज
२९ जेष्ठ २०८३, शुक्रबार   १० : ५९   बजे

काठमाडौं, २९ जेठ । भियतनामभर १२ लाखभन्दा बढी विद्यार्थी बिहीवारदेखि शुरु भएको राष्ट्रिय उच्च माध्यमिक विद्यालय स्नातक परीक्षामा सहभागी भएका छन् । भियतनाम समाचार एजेन्सीकाअनुसार यस परीक्षामा गणित र साहित्य गरी दुईवटा अनिवार्य विषयहरू समावेश गरिएका छन्। यसका साथै परीक्षार्थीहरूले भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, औद्योगिक प्रविधि, कृषि प्रविधि, सूचना प्रविधि, विदेशी भाषा, इतिहास, भूगोल, र अर्थशास्त्र तथा कानुनमध्येबाट कुनै दुईवटा ऐच्छिक विषय रोजेर परीक्षा दिनुपर्ने व्यवस्था रहेको छ । स्थानीय सञ्चारमाध्यम भीनएक्सप्रेसका अनुसार यस वर्ष निजी परीक्षार्थीहरूको संख्या ६३,८०० भन्दा बढी रहेको छ, जुन सन् २०२० यताकै सबैभन्दा उच्च संख्या हो । यो राष्ट्रिय परीक्षा बिहीबार र शुक्रबार गरी कुल डेढ दिनसम्म सञ्चालन हुनेछ । भियतनामले सन् २०१५ देखि उच्च माध्यमिक तह पूरा गरेको प्रमाणपत्र प्रदान गर्नका लागि यो परीक्षा प्रणाली अपनाउँदै आएको हो। यस परीक्षाको नतिजालाई विश्वविद्यालय तथा कलेजहरूमा भर्ना पाउनका लागिसमेत मुख्य मापदण्डको रूपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu